Loading...
Loading...
चोरीमा संलग्न प्रहरी हवल्दार पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
चैत १६, जनकपुरधाम : भारतीय नागरिकसँग पैसा लुटेको घटनामा संलग्न एक प्रहरी हवल्दार जनकपुरमा पक्राउ परेका छन् ।

जनकपुरको श्याम चोक नजिकै एक भारतीय व्यापारीबाट रकम लुटेको आरोपमा प्रहरी हवल्दार धमेन्द्र पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको मधुवनी जिल्ला ग्रामपञ्चायत कलना निवासी जीवछ यादवबाट दुई लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले पासवानलाई नियन्त्रणमा लिएको हो ।

धनुषाको साविक डेवडिहा गाविस अकौडा घर रहेका पासवानले भारतीय नागरिक यादवसँग मंगलबार श्याम चौकबाट दक्षिण हनुमान मन्दिर नजिकै दुई लाख रुपैयाँ लुटपाट गरेका थिए ।

पासवान प्रहरी पोशाकमै भारतीय नागरिकसँग लुटपाट गरेका थिए । यादवको साथमा रहेको दुई लाख १० हजार नगदमध्ये १० हजार छाडेर पासवानले दुईलाख लुटेका हुन् ।

लुटपाटपछि पीडित भारतीय नागरिक यादव तथा स्थानीयवासीले हो हल्ला गरेपछि हनुमाननगर चौकीको प्रहरी टोलीले प्रहरी हवल्दार पासवानलाई पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक यादवका अनुसार पीडितको आरोपको आधारमा प्रहरीले पासवानको डेरामा छापामारी गर्दा लुटेको १÷१ हजारको दरको नोटसहित दुई लाख रुपैंयाँ बरामद गरेको हो ।

प्रहरी हवल्दार पासवानमाथि चोरी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ । धनुषाको अकौडा निवासी पासवान रातेमाटो हेटौडा गणमा कार्यरत छन् ।

करिब १७/१८ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत पासवान विगत ५ महिना पूर्व मात्र थप सहयोगका लागि काजमा जिप्रका धनुषामा आएका थिए । चोरीको मुद्दा दर्ता भएसंगै पासवान जागिरबाट निलम्बनमा परेका छन् ।
- अन्नपूर्ण पोष्ट


#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2nk5Nkx

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.