भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१६ फागुन, एजेन्सी।
८९ औँ ओस्कार अवार्ड घोषणा भएको छ। यो वर्षको उत्कृष्ट फिल्म घोषणा गर्ने क्रममा भने रोचक भएको छ। ‘ल ल ल्याण्ड‘ उत्कृष्ट फिल्म भएको गलत घोषणा गरेपछि ‘मुनलाइट‘ फिल्मले ओस्कर जितेको घोषणा गरिदाँ सबै चकित परेका थिए।
१४ नोमिनेशन जितेको ‘ल ल ल्याण्ड’ भलै उत्कृष्ट फिल्म घोषणा भएन तर यसले उत्कृष्ट नायिका र उत्कृष्ट निर्देशक सहित ६ वटा ओस्कर अवार्ड भने आफ्नो भागमा पार्न सक्यो।
उत्कृष्ट नायिकामा ‘ल ल ल्याण्ड’को लागि इमा स्टोनले अवार्ड हात पारिन भने यहि फिल्मका निर्देशक ‘डेमियन सेन्जल‘ उत्कृष्ट निर्देशक घोषित भए।
त्यस्तै उत्कृष्ट भिजुअल इफेक्टको अवार्ड ‘द जंगल बुक‘ले हात पार्यो। ‘जुटोपिया‘ यो वर्षको उत्कृष्ट एनिमेटेड फिचर फिल्म बन्यो।
क्यासी एफलेक उत्कृष्ट नायक घोषणा भए। क्यासिले ‘म्यानचेस्टर बाइ द सी‘ को लागि अवार्ड पाएका हुन।
त्यस्तै महेरशेला अली ओस्कार अवार्ड पाउने पहिलो मुस्लिम अभिनेता बनेका छन्। उनले हलिउड फिल्म ‘मुनलाइट’मा उत्कृष्ट सहायक अभिनेताको रोलको लागि अवार्ड पाएका हुन।
यहि विधाको लागि भारतीय अभिनेता देव पेटेल फिल्म ‘लायन’को लागि नोमिनेसनमा परेका थिए।
उत्कृष्ट सहायक नायिकाको अवार्ड ‘फेन्सेज’को लागि विओला डेविसले जितिन।
विदेशी भाषाको सबैभन्दा उत्कृष्ट फिल्मको अवार्ष यो वर्ष ‘द सेल्सम्यान‘ ले पाएको छ।
एनिमेटड सर्ट फिल्मको अवार्ड ‘पाइपर’ले जितेको छ।
The post ८९ औँ ओस्कार अवार्ड घोषणा, उत्कष्ट फिल्म घोषणा गर्दा यसरी भयो गल्ती appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ml9JEP
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

