Loading...
Loading...
अस्पताल आफैं बिरामी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

फाल्गुन १८, २०७३- पानी चुहिने जीर्ण भवन । त्यही जीर्ण भवनमा अधिकांश सेवा सञ्चालन गर्न बाध्य छ । दैनिक २ सय ५० देखि ३ सय बिरामीको उपचार गर्ने भक्तपुर जिल्ला अस्पताल आफैं बिरामी अवस्थामा छ । नेपालकै दोस्रो जेठो अस्पताल भईकन पनि यसको स्तरोन्नति हुन सकेको छैन ।

अस्पतालमा एम्बुलेन्सको व्यवस्था छैन । भएको एउटा एम्बुलेन्स पनि बिग्रिएर थन्किएको अस्पताल विकास समिति अध्यक्ष प्रेमबहादुर खडकाले बताए । ‘अस्पताल आफैं बिरामी अवस्थामा छ,’ उनले भने, ‘पुनर्निर्माण तथा स्तरोन्नति नभए अस्पतालले सेवा दिनै नसक्ने अवस्थामा छ ।’

 

२५ कोठे पुरानो जीर्ण, पानी चुहिने भवनमा अप्रेसन थिएटर, ओपीडी सेवा, एक्सरे, भिडियो एक्सरे, ल्याब (प्रयोगशाला), परिवार नियोजन, नाक/कान/घाँटी उपचार सेवा, दन्त सेवा, ईसीजी, इको, प्रस्तावित आईसीयू कक्ष, एआरपी सेन्टर (एचआईभी टेस्ट तथा परामर्श कक्ष), मेडिकल वार्डलगायतको सेवा सञ्चालन गर्न बाध्य भएको समितिले जनाएको छ ।

अस्पतालमा नभई नहुने एक्सरे मेसिन (५०० एमए), ल्याप्रोस्कोपी, इन्डोस्कोपी, ईएनटी उपकरण (पीटीए, माइक्रोस्कोप, इन्डोस्कोपी), अर्थोपेडिक उपकरण (सी–एआरएम मेसिन ओटी), भिडियो एक्सरे, एनेस्थेसिया मेसिन, ल्यापकोली सेट, डेन्टल चियर, स्केलर मेसिन, मनिटर अभाव छ । त्यस्तै, ल्याबमा (इलेक्ट्रोइड मेसिन, अटोम्याट केमिकल एनालाइजर), ओटी उपकरण (अप्रेसन टेबल, अप्रेसन लाइट, कउटेरी मेसिन) को अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ ।

आवास क्षेत्रको अवस्था झन् नाजुक छ । अस्पताल परिसरमा अवस्थित नर्स तथा डाक्टर बस्ने ६ वटा आवास भूकम्पले जीर्ण बनेको प्रशासन प्रमुख विश्वराम न्यौपानेले बताए । भूकम्पबाट जीर्ण बनेको असुरक्षित भवनमा जोखिम मोलेर बस्न बाध्य भएको अस्पतालका कर्मचारीको गुनासो छ ।

१९६१ सालमा स्थापना भएको ७५ शय्या क्षमताको अस्पताललाई आधुनिकतर्फ उन्मुख गराउन सरकारको ध्यान नपुग्दा आफैं थलिएको अध्यक्ष खडका बताउँछन् । अस्पताल सुधारका लागि फार्मेसी कक्ष, प्रसूति भवनको तला थप, पार्किङ, बगैंचा, आवास तथा सटर निर्माण आवश्यक रहेको उनले बताए । यी आवश्यकता पूर्तिका लागि करिब साढे १० करोड बजेट आवश्यक रहेको र मन्त्रालयमा प्रस्ताव गरेको समितिले जनाएको छ ।

आईसीयू सञ्चालनमा आएन
अस्पतालमा गत आवमै सञ्चालन गर्ने भनेको आईसीयू कक्ष अझै सञ्चालनमा आएको छैन । सञ्चालनका लागि आवश्यक आईसीयू वार्ड, मेसिन तथा सामग्री सबै उपलब्ध भइसक्दा पनि जनशक्ति नहुँदा सञ्चालन गर्न नसकेको अस्पताल प्रशासनले जनाएको छ । आईसीयू सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले ‘ओएन्डएम सर्भे’ गरी आवश्यक जनशक्ति दरबन्दी दिनुपर्नेमा आलटाल हुँदा रोकिएको जनाएको छ । यसका लागि १५ नर्सिङ स्टाफ तथा ५ सहायक कर्मचारी आवश्यक पर्छ । आईसीयू सञ्चालनका लागि ५ शय्या थप गर्नुपर्ने अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. सरिता श्रेष्ठ केसीले बताइन् ।

दरबन्दीअनुसार डाक्टर भएनन्
अस्पतालमा क्षेत्रीयसरहको सुविधा नरहेको र दरबन्दीअनुसारको चिकित्सक नहुँदा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा अहिले एघारौं तहको फिजिसियन, ११ तहकै प्रसूति रोग विशेषज्ञ, ९ तहको अर्थोपेडिक सर्जन विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, जनरल सर्जन, मेकानिकल इन्जिनियर र ४ स्टाफ नर्स गरी १० दरबन्दी रिक्त रहेको निमित्त सुपरिटेन्डेन्ट केसी बताउँछिन् ।

अस्पतालमा दैनिक २५० देखि ३ सय बिरामी आउँछन् । रिक्त दरबन्दी पदपूर्ति भए निम्न आयस्रोत भएकाले पनि उपचारमा सहज हुने अस्पतालका प्रशासन प्रमुख न्यौपानेले बताए । अस्पतालले डा. धर्मेन्द्र सिंह र डा. श्रीधर अर्यालबाट प्रत्येक सोमबार र बिहीबार पित्त थैली र मिर्गौलाको पत्थरी, एपेन्डिसाइट, हर्निया, पाइल्स, प्रोस्टेजलगायत विभिन्न रोगको शल्यक्रिया गर्न थालेपछि बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।

प्रकाशित: फाल्गुन १८, २०७३

Sahabar:Ekantipur



#News Soruce from राष्ट्रिय समाचार – Nabin Nepal-Nepali News http://bit.ly/2mCImTv

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.