भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । सत्तारुढ राप्रपाले आफूसँग सरसल्लाह नभएको र प्रस्तावित संविधान संशोधन विधेयक राष्ट्रियताविपरीत रहेको निष्कर्षसहित विपक्षमा उभिने रणनीति बनाएको छ । त्यस्तो अवस्थामा सरकार छाड्ने पनि राप्रपाको रणनीति छ । ‘यथास्थितिमा हामी संविधान संशोधन विधेयकलाई समर्थन गर्न सक्दैनौँ, तराई र पहाड छुट्याउने कदम राष्ट्रहितमा छैन,’ राप्रपाका प्रमुख सचेतक दीलनाथ गिरीले नयाँ पत्रिकासँग भने, ‘यथास्थितिमा जबर्जस्ती संशोधन प्रक्रिया अघि बढाइए विपक्षमा उभिन्छौँ र सरकार छाड्छौँ । हाम्रो पार्टीको कार्यसम्पादन समितिको निर्णय नै यही हो ।’ नयाँ पत्रिकामा खबर छ । कांग्रेस र माओवादी केन्द्रले सरकारमा थप सिटसहित सहभागी हुन र प्रस्तावित संशोधन विधेयकको समर्थन गर्न आग्रह गरेको पनि गिरीले बताए । ‘हामी जनचाहनाविपरीत जान सक्दैनौँ, संसद्बाहिरबाट समाधान खोजिने कुरा पनि हामीलाई मान्य छैन,’ प्रमुख सचेतक गिरीले भने ।
The post विपक्षमा मत हाल्ने, सरकार छाड्दै राप्रपा appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iClJN7 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

