Loading...
Loading...
गायिका अन्जु र गीतकार उपाध्यायको चर्चा चुलियो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

gobindaसत्यता को ” कहिले मिलन कहिले बिछोड ” तथा सत्यता-२ को कस्तो माया लाईयो हजुर बोलका गीतहरु नेपाली स्रोता र दर्शकहरुले अत्यधिक रुचाउनु भएका गीतहरु हुन। यी गीतका गीतकार हुन गोबिन्द प्रसाद उपाध्याय र गायिका हुन अन्जु पन्त।
गीतकार उपाध्याय र गायिका पन्तको सहकार्यलाई नेपाली स्रोता र दर्शकहरुले धेरै प्रसम्शा र माया दिएका छन। यो जोडी ऐले को साङितीक बजारमा हिट जोडी देखिएको छ। त्यसैले सत्यता-३ को गजल ” बहारमा रमाउने ” आजकल ज्यादै लोकप्रिय भएको छ।
बर्तमान नेपाली सङीतको क्षेत्रमा आधुनिक र गजल सङीतमा निकै चर्चित र मर्म स्पर्शि शब्द कोर्ने गीतकारको रुपमा चिनीन्छन गीतकार गोबिन्द प्रसाद उपाध्याय । हाल सम्म आफैले सत्यता र सत्यता -२ एल्बम बजारमा ल्याईसकेका र छोटो समयमा नेपाली सांगीतिक फाटमा शिर्ष स्थान ओगट्न सफल गीतकार उपाध्यायले सत्यता-३ को एक गजलको अडियो युबटुब मार्फत सार्वजनिक भएको छ।

‘बहारमा रमाउने आस बाँकी छ अझैं
तिमी फेरी आउने आस बाँकी छ अझै’
गितकार गोबिन्दप्रसाद उपाध्यायका शब्दलाई गायक÷संगीतकार कुसुम भट्टराईले सँगीत कम्पोज गरेका हुन् भने यसमा साहस शाक्यको एरेन्ज रहेको छ । पेशाले पत्रकार भट्टराई बिगत सात वर्ष यता शास्त्रीय संगीतको अभ्यास गर्दै आएका छन् ।भट्टराईको म्युजिक कम्पोजमा अञ्जुको यो पहिलो गित हो । ‘धेरै पछि राम्रो गित गाउन पाइयो, मलाई त नबिर्से तिमिलाई गाउँदाजस्तै अनुभव भयो’, अञ्जुले भनीन् ।
शब्द र संगीत सुन्दा मलाई यस्तो लाग्यो यो कुनै बैंकर र पत्रकारले रचेको हैन, बरु प्रोफेशन र माझिएका सर्जकहरुले रचेका हुन्’, अञ्जुले भनिन् ।
गीतकार गोबिन्द प्रसाद उपाध्याय ले नेपाली को महान चाडपर्बलाई मध्यनजर गरेर फेरी एकपटक दशै तिहार गीत बजारमा ल्याउने हुनु भएको छ। उदाउदै गरेकी युवा गायिका प्रशना पान्डे ले स्वर दिनु भएको र वहाको आफ्नै एलबम ” दशै आयो-खुशिको बहारल्यायो ” भन्ने बोलको गीत पनी बजारमा आएको छ ।
उपाध्याय कै शब्ड रहेको यस सालको तीज गीत : चलेछ मग मग बासना” ले पनी स्र्वोक्रिस्ट शन्देशमुलक तीज गीत शब्दको अवार्ड प्राप्त गरेको थियो।
गीतकार गोबिन्दका यसअघिका दुई एल्बमहरुले विभिन्न एफएम र टेलिभिजनका म्युजिक अवार्डहरुमा उत्कृष्ट गितकारको पुरस्कार पाइसकेका छन् ।



from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2cRa7Xp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.