भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१४ असोज, एजेन्सी।
भारतमा पाकिस्तानी कलाकारलाई प्रतिबन्धको मामलामा सलमान खानको बयान आएको छ। उनीहरु आर्टिस्ट हुन, कुनै आतंककारी होइनन् भन्दै सलमानले उनीहरुलाई सरकारले परमिट र भिसा दिएको बताएका छन्।
उरी आक्रमण पश्चात भारतले पाकिस्तानमा सर्जिकल अपरेशन गरेपछि यी दुई देश बिच तनाव युद्ध स्तरमा पुगेको छ। उरी आक्रमण पश्चात महाराष्ट्र नव निर्माण सेनाले पाकिस्तानी कलाकारलाई भारत छोड्न चेतावनी दिएको थिए।
शाहरुख र करणको प्लान
‘ऐ दिल हे मुश्किल’ र ‘रईस’ रिलिज हुनु पूर्व नै यी फिल्मका निर्माता पहिले नै तयार देखिएका छन्। निर्माता करण जोहरले भारतमा नोक्सानी बेहोर्नु पर्ने देखिन्छ। ऐ दिल हे मुस्किल र रइसमा पाकिस्तानी कलाकारको अभिनय भएकै कारण पनि निर्माता तनावमा छन्। भारतमा फिल्मको कमाइमा असर पर्ने देखेपछि फिल्मलाई अन्तराष्ट्रिय स्तरमा बढी मुनाफा कमाउन निर्माण टिम फोकस भएको छ।
बलिउडमा काम गरिरहेका पाकिस्तानी कलाकारहरुमा फवाद खान, अली जफर, जावेद शेख, वीना मलिक र माहिरा खान जस्ता प्रमुख छन्। यस्तै गुलाम अली, राहत फतेह अली खान र आतिफ अस्लम जस्ता गायक भारतमा चर्चित छन्।
यो पढ्नुस्।
पाकिस्तानी कलाकारलाई ४८ घण्टा भित्र भारत छोड्न चेतावनी
बलिउडका टप कलाकार जसका थिए पाकिस्तानी प्रेमी प्रेमिका
The post भारतमा पाकिस्तानी कलाकारको प्रतिबन्धबारे सलमान बोले, ‘उनीहरु आर्टिस्ट हुन’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2cGopVK
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

