पहिरोले दुईको ज्यान लियो,पाँच वेपत्ता
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
पहिरोमा पुरिएर दोलखामा २ जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता छन् ।
बुधबार राति दोलखाको उत्तरी क्षेत्रमा पर्ने लामाबगर गाविस–४ क्षेतक्षेत भन्ने ठाउँमा खसेको पहिरोले ३ घर पुरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार दुई जनाको पुरिएर ज्यान गएको हो । एक जनाको उद्धार गरिएको छ ।
२१ वर्षका बडुले तामाङ र २० वर्षकी पेम माया तामाङको पहिरोमा परि ज्यान गएको उहाँले जानकारी दिनुभयो । पहिरोमा पुरिएका ५६ वर्षका मिनबहादुर ठकुरीको उद्धार गरि उपचारका लागि चरिकोटमा रहेको अस्पतालमा पठाइएको प्रहरी निरीक्षक कुर्मीले बताउनुभयो ।
पहिरोमा अरु पनि पुरिएको आशंकामा खोजी भइरहेको छ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/2ce4i2H
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

