भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

इंग्ल्याण्ड युरोकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । आइसल्याण्डले इंग्ल्याण्डलाई २–१ ले हराएको हो ।
सोमबार राति भएको खेलमा इंग्ल्याण्डले ६६ वर्षमा फेरि एक पटक अप्रत्यासित हार बेहोरेकोछ ।
विश्व वरियतामा ११ औं स्थानमा रहेको इंग्ल्याण्ड ३४ औं स्थानमा रहेको आइसल्याण्डसँग पराजित भयो ।
इंग्ल्याण्डका लागि वायने रुनीले एक गोल गरे पनि पर्याप्त भएन | आइसल्याण्डलाई जित दिलाउन राग्नर सिगुर्डसन र कोल्बिएन सिग्थोर्सनले एक एक गोल गरे ।
चौथो मिनेटमा नै रुनीले पेनाल्टी मार्फत गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाति अग्रता दिलाएका थिए । दुई मिनेटपछि आइसल्याण्डका सिगुर्डसनले बराबरी गोल फर्काए । १८ औं मिनेटमा आइसल्याण्डले दोस्रो गोल गर्यो ।
अब क्वाटरफाइनलमा आइसल्याण्डले आयोजक फ्रान्ससँग खेल्नेछ । यो खेलमा आइसल्याण्डका लागि इतिहासकै सबै भन्दा ठूलो र महत्वपूर्ण हुने पक्का छ ।
प्रशिक्षकले दिए राजीनामा
इंग्ल्याण्डका प्रशिक्षक रोय हडसनले राजीनामा दिएका छन् । युरोकपको अन्तिम १६ मा आइसल्याण्डसँगको अप्रत्यासित हारपछि हडसनले इंग्ल्याण्डको प्रशिक्षक पदबाट राजिनामा दिएका हुन् ।
चार वर्षको अवधिमा हडसनको प्रशिक्षणमा इंग्ल्याण्डले मुख्य प्रतियोगिताका अन्तिम चरणका ११ खेलमा तीनमा मात्रै जित हात पार्यो ।
विश्व बरियतामा ३४ औं स्थानमा रहेको आइसल्याण्डसँगको हार उनको प्रशिक्षणमा भएको सबैभन्दा अप्रत्यासित हार हो ।
खेलपछि राजीनामाको घोषणा गर्दै हडसनले भने ‘म माफि चाहन्छु कि मैले यसरी जिम्मेवारी अन्त्य गर्नु पर्यो, तर फुटबलमा यस्तै भइरहन्छ । तर आशा गरौं हामी इंग्ल्याण्डलाई चाँडैनै मुख्य प्रतियोगिताको फाइनलमा देख्न पाउने छौं ।’ अब अरु कसैको पालो भएको उनले बताए ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/28ZvNPa
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

