Loading...
Loading...
छोराबुहारीको कचकचले वृद्ध दम्पतीले सँगै विष खाए
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

डडेल्धुराको चिपुर गाविसका एक वृद्ध दम्पतीले सँगै विष खाएका छन् । विषले गर्दा श्रीमतीको ज्यान गएको छ । श्रीमानलाई अस्पताल भर्ना गरिएको छ ।

छोराबुहारीको सधैँको कचकच सहन नसक्दा चिपुर वडा नं २ का ६५ वर्षका शङ्कर भट्ट र उहाँकी श्रीमती ५५ वर्षकी धनादेवी भट्टले बुधबार बेलुका विष खाएको प्रहरीले जनाएको छ ।

विष सेवनबाट धनादेवीको ज्यान गइसकेको छ भने उहाँका श्रीमान शङ्करको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । घरमा छोराबुहारीसँगको मनमुटावपछि वृद्ध दम्पतीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छोराबुहारीले सधैँ मानसिक यातना दिने गरेका कारणले विष सेवन गरेको उपचारमा रहेका शङ्करले बताएको उहाँलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनीहरुले मुसा मार्ने औषधि र नोभान नामक विषादी डिस्टिल वाटरमा मिसाएर सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव निरीक्षक करवीर ऐरले जानकारी दिनुभयो । पछिल्लो समयमा डडेल्धुरामा आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ ।



#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/29sxlOj

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.