भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

बोमलाल गिरी ।
१३ असार, लिस्बन, पोर्चुगल
कलाकार एवं मोडल सृष्टि शाहीको २८ वर्षको कलिलो उमेरमै निधन भएको छ । शाहीको गत बुधबार पोर्चुगलको राजधानी लिस्बोनमा हृदयघातका कारण निधन भएको हो ।
नेपालको स्कुलमा गुञ्जेको भारत परस्त गीत (भिडियो सहित)
उनको शनिवार लिस्बोनको ओलिभाइस सेर्मेटारियोमा हिन्दु परम्परा अनुसार दाहासंस्कार गरियो छ । मृतआत्माको चिर शान्तिको कामना गर्दै लिस्बोनमा ठूलो संख्यामा नेपालीले संयुक्त श्रदान्जली अर्पण गरेका छन् ।
कार्यक्रममा सहभागी पोर्चुगलका लागि नेपालका अवैतानिक राजदुत मकर बहादुर हमाल, गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमल लगायत सयौंको उपस्थिती थियो । फ्रान्सका लागि नेपाली दुतावासले पनि शाहीको निधन प्रति गहिरो दुःख व्यक्त गरेको हमालले जानकारी दिए ।
शाहीले कलाकार संघ पोर्चुगलका अध्यक्ष दीपक सुवेदीद्धारा निर्देशित ‘संभव छैन मिलन हाम्रो, आखाँको चालले लगायत थुप्र्रै म्युजिक भिडियोमा अभिनय गरेकी थिएन ।
भिडियो हेर्नुस्ः
उनी बिगत ५ बर्षदेखि राजधानी लिस्बोनमा श्रीमान बिमल श्रेष्ठसंगै बस्दै आएकी थिइन ।
श्रृष्टि अभिनित अर्को भिडियोः
अकस्मात हृदयघातका कारण बेहोस भएकी सृष्टिको उपचारका लागि साँओ जोसे हस्पिटलमा भर्ना गरिएको थियो । चिकित्कले दिएको जानकारी अनुसार शाहीको मुटुको भल्बको अप्रेशन गरिएको थियो भने ब्रेनसम्म रगत पास गराउने नशा सिथिल भएका कारण दिमागमा चोट पुगेर निधन भएको हो ।
को हुन सृष्टि ?
झण्डै २८ वर्ष पहिले कैलालीमा बाबु प्रेम बहादुर शाही र आमा जगत्रा देबी शाहीको कोखबाट जन्मेकी सृष्टि ४ दाजु भाइकी एक मात्र बहिनी र छोरी थिइन् । सानै उमेरदेखि काठमाण्डौमा बस्दै आएकी सृष्टि र बिमलको ११ बर्ष पहिले प्रेम बिबाह भएको थियो ।
बिहेपछि बिमल र सृष्टि अध्ययनका लागि सन् २००९ मा बेलायत पुगेका थिए । झण्डै २ बर्षको बेलायत बसाइपछि उनीहरु सन् २०११ मा पोर्चुगल आएका थिए । सृष्टि गैर आवासिय नेपाली संघ एनआरएन पोर्चुगलका उपाध्यक्ष एवं चर्चित गितकार तथा साहित्यकार सुनिल संगमकी भाइ बुहारी हुन् ।
यो कस्तो संयोग !
एउटा कलाकारको दाहासंस्कार भएकै दिन कलाकारद्धारा संचालित रेष्टुरेन्टमा भने पार्टी गरिएको छ । कलाकारको निधनमा पार्टी नगरिएको भए पनि लिस्वनको इनतेन्देन्तमा रहेको कल्चर हाउसको उदघाटन समारोहमा जाड पार्टी गरिएको हो । कलाकार संघ पोर्चुगलका अध्यक्ष एवं निर्देशक तथा कलाकार दीपक सुवेदी र कला, साहित्य, संस्कृति तथा संचार परिषद्का अध्यक्ष एव नेपाली चलचित्रका नायक जे के शर्माद्धारा सञ्चालित रेष्टुरेन्टको उदघाटन गर्दै पार्टी गरिएको हो । शाही कलाकार संघ पोर्चुगलको कोषाध्यक्ष समेत थिइन ।
तर एउटा कलाकारको निधन भएर दाहासंस्कार गरेकै दिन रेष्टुरेन्ट उदघाटनको पार्टी गर्न उचित नहुने भन्दै दीपक सुवेदी अनुपस्थित रहेका थिए । उनले उदघाटनको समय पछि सार्न आग्रह गर्दा पनि शर्माले नमानेकाले आफू अनुपस्थित रहेको प्रतिकृया दिए । उदघाटन सत्रमा धेरैलाई निम्ता दिएइको भएपनि झण्डै ६०÷७० जनाको उपस्थिती थियो ।
उदघाटन कार्यक्रममा एनआरएन पोर्चुगलका अध्यक्ष भिम केसी कमल, सफल व्यवशायीहरु सूर्य हमाल र कमल गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा जेवी ओली, अनिता पौडेल, लालमती गुरुङले गीत संगित प्रस्तुत गरेका थिए ।
The post कलाकार एवं मोडल सृष्टि शाहीको हृदयघातका कारण निधन (तस्विर सहित) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/28WkeEk
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

