भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

एजेन्सी ।
सलमान खान र ऐश्वर्या राय बलिउडमा सबैभन्दा बढि चर्चा गरिएका पूर्व प्रेमी जोडी हुन् । उनीहरुबीच लामो समय सम्म प्रेम सम्बन्ध थियो ।
विवाहपछि सलमानको विषयमा पहिलो पटक बोलिन ऐश्वर्या
हालै मात्र एक अन्तर्वार्तामा सलमानको विषयमा प्रश्न सोधेपछि ऐश्वर्या भड्किएकी थिइन् ।
ऐश्वर्या र सलमानबीचको प्रेम सम्बन्ध सलमानका कारण टुटेको थियो । फिल्म सुटिङका क्रममा नै सलमानले ऐश्वर्यालाई सार्वजनिकरुपमा दुर्ब्यवहार गरेपछि उनी सलमानबाट टाढा भएकी थिइन् ।
त्यो दिन सम्झिँदा ऐश्वर्यालाई अहिले पनि आँशु आउँछ
सलमान र ऐश्वर्या अभिनित ‘हम दिल दे चुके सनम’ बाट उनीहरु बलिउडको सबैभन्दा रुचाइएका जोडि बनेका थिए । तर उनीहरुको निजी सम्बन्ध भने टुटिसकेको थियो । सलमान त्यो समयमा हरेक जसो पार्टीमा कसै न कसैसँग झगडा गर्ने गर्थे । उनले कैयौं सेलिब्रेटीमाथि हात छोडेका चर्चा पनि बाहिर आएका थिए । उता ऐश्वर्या रायको करिअर भने शिखरको बाटोमा थियो । शाहरुख खानसँग अभिनित ‘देवदास’को सफलता पछि बलिउडमा ऐश्वर्याको नाम शीर्ष स्थानमा पुग्यो । त्यसपछि उनले शाहरुखसँगै ‘चलते-चलते’ फिल्म गरिन् । तर त्यही फिल्म सुटिङका क्रममा सलमान र ऐश्वर्याबीच कहिल्यै नविर्सने घटना भयो । शाहरुखसँग हिमचिम बढाएको मन नपराएका सलमानले सुटिङ स्थलमै गएर ऐश्वर्यालाई हातपात गरे । उनले ऐश्वर्यले सुटिङ गर्न नसक्ने घोषणा पनि गरिदिए । ऐश्वर्यासँग मात्र होइन सलमान शाहरुखसँग पनि भिडे ।
यो घटनापछि सलमान र ऐश्वर्याको सम्बन्ध कहिल्यै पनि उस्तै भएन । पछि ऐश्वर्याले एउटा अन्तर्वार्तामा आफूलाई त्यो दिन सम्झिँदाँ आँशु आउने गरेको बताएकी थिइन् ।
४ सेलिब्रेटी जो सलमान खानसँग काम गर्दैनन्
यतिबेला बलिउडमा ऐश्वर्या राह र रणदीप हुड्डाको चलचित्र सरबजीतको चर्चा चुलिएको छ । आफ्नो रोलका लागि ऐश्वर्या र सरबजीतले प्रशंसकको ध्यान तान्न सफल भएका छन् । ऐश्वर्या यो फिल्ममा रहेका कारण सलमान यो फिल्ममा अटाएनन् । यो फिल्म बनाउने समयमा सबैभन्दा उत्तम जोडीकोरुपमा लिएपनि उनीहरुको सम्बन्ध विग्रिएका कारण सम्भव नभएको बताइएको छ । सलमानले सरबजीतको रिहाइका लागि उनको चर्चित चलचित्र बजरंगी भाइजानका क्रममा समेत विशेष अभियान चलाएका थिए ।
मध्यरातमा पत्नि लिएर सलमानको घर पुगे धोनी (तस्विर सहित)
The post सलमानले त्यो गल्ती नगरेको भए उनको जीवनमा आउँथिन् ऐश्वर्या appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1U7ptjQ
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

