भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

एजेन्सी।
सन् २०१५ को बलिउड ब्लकबस्टर चलचित्र ‘बाहुबली’ हेरेपछि सबै दर्शकहरूको एउटै प्रश्न थियो- ‘कटप्पाले बाहुबलीलाई किन मारे? के थियो कारण?’ बलिउड इण्डष्ट्रीमा सायद सबैभन्दा ठूलो प्रश्न यहि थियो। चलचित्र हेर्नेहरूलाई अचम्मीत बनाउने क्लाइमेक्सको कारण सामाजिक सञ्जालको भित्ताभरी यहि प्रश्न छाप्पिएको पनि थियो। अनुमान लगाउनेहरूको भीड पनि उत्तिकै थियो, सबैले आ-आफ्नै तर्क-वितर्कहरू प्रस्तुत गरेका थिए। तर हालै यस प्रश्नको जवाफ स्वयं चलचित्र निर्देशक एसएस राजामौलीले दिएका छन् र जवाफ त्यति पच्ने खालको छैन।
हालै बाहुबलीका निर्देशक एसएस राजामौलीले युट्यूब मार्फत एक अन्तर्वार्तामा यो प्रश्नको जवाफ दिएका छन्। जब उनलाई सोधियो कि ‘कटप्पाले बाहुबलीलाई किन मारे?’ तब उनले यसको एकदमै सजिलो र हाँस्यास्पद जवाफ दिए- “कटप्पाले बाहुबलीलाई मारे, किनभने सायद बाहुबलीले नै उसलाई यस्तो गर्न लगाएका थिए होला!’
उनले अझै पनि प्रष्ट जवाफ दिएका छैनन्। अब यसको वास्तविक कारण त ‘बाहुबली २’ को रलिजपश्चात मात्रै थाहा हुनेछ। खबरका अनुसार, बाहुबली २ अर्को वर्ष रिलिज हुनेछ र यसको लागि बाहुबली ‘प्रभास’ले कडा मीहिनेत गरिरहेका छन्।
हेर्नुहोस्, एसएस राजामौलीको अन्तर्वार्ताको भिडियो:-
यो पनि हेर्नुहोस्-
‘बाहुबली: द कन्क्लूजन’मा तीन चमत्कार देखाउनेछन् प्रभासले
‘बाहुबली २’ को रिलिज हुने मिती सार्वजनिक
बाहुबलीको रोल्स रोयस- अन्य साउथ सेलिब्रिटिका लक्जरी कार
‘बाहुबली’को पर्दापछाडिका तस्विरहरू सार्वजनिक
The post कटप्पाले बाहुबलीलाई किन मारे? अन्ततः निर्देशकले दिए असन्तुष्ट जवाफ… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1Rt89ZA
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

