पोर्तुगलमा झुठ्ठा कागजात पेश गर्नेलाई १८ महिनादेखि ५ वर्ष जेल सजाय, ४० हजार युरो जरिवाना
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
२९ मार्च, नमस्ते नेपाली संवाददाता । पोर्तुगलको आमादोरास्थित दुईवटा अकाउण्ट फर्मका चारजनालाई १८ महिनादेखि पाँच वर्ष जेल सजाय तोकिएको छ ।
आप्रवासीहरुलाई रेजिडेन्स पर्मिट दिलाउन र नवीकरणका लागि विदेशी र सीमा सुरक्षा मामिला हेर्ने विभाग (सेफ) मा झुठ्ठा कागजात पेश गरेको प्रमाणित गर्दै सिन्ट्रा अदालतले यस्तो आदेश दिएको हो ।
अभियुक्तहरुले सन् २००८ देखि २०१२ सम्म झुठ कागजात जस्तै : कामको कन्ट्रयाक्ट, तलब भुक्तानी रसिद, रोजगारदाताको प्रमाणिकरण कागजात बनाएर गैह्र कानूनी काम गरेको उल्लेख छ ।
सेफको वेबसाइट अनुसार अभियुक्त ४ जनाले कामको कन्ट्रयाक्ट बनाएको २२५ देखि ६०० र सोसलका लागि प्रत्येक महिना ७० देखि १८० युरो लिने गरेका थिए । कम्पनी र अभियुक्तहरुको नाम भने खुलाइएको छैन ।
कम्पनीको मालिकलाई पाँच वर्ष, दुईजना कामदारलाई चार वर्ष र दुई वर्ष र अर्का फरक कम्पनीमा काम गर्ने एकजनालाई भने १८ महिनाको जेल सजाय सुनाइएको छ ।
आदेशमा कम्पनीलाई ४० हजार युरो जरिवाना र पाँच वर्षका लागि काम गर्न निषेध गरिएको छ ।
श्रोत : SEF को वेबसाइट
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1USJorS
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

