दुई परीक्षार्थी हिरासतबाटै एसएलसी दिँदै
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
चैत्र १८, ताप्लेजुङः दुई परीक्षार्थीले बिहिबार सुरु भएको प्रवेशिका परीक्षा (एसएलसी) प्रहरीको हिरासतबाटै दिन सुरु गरेका छन् ।
बुधबार ताप्लेजुङ नगरपालिका– १ का प्रकाश भुजेल र लोकनाथ गुरागाईं किनमेल गर्ने क्रममा ५०० रुपैयाँको नक्कली नोटसहित पक्राउ परेका थिए ।
सदरमुकामको एउटा परीक्षाकेन्द्रका परीक्षार्थी रहेका उनीहरुसित नक्कली नेपाली रुपैयाँ भेटिएपछि प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका क्रममा रहेका परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै परीक्षा लेख्ने व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
‘थप अनुसन्धान गर्नुपर्ने भएकाले जिल्ला शिक्षा कार्यालयसितको समन्वयमा हिरासतबाटै परीक्षा दिने व्यवस्था मिलाइएको हो’, उनले भने । रासस
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1VUPGH6
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

