भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

मेघराज नेपाली
बाबुरामको नयाशक्तिको बारेमा
ईतिहास साक्षी छ मलाई कसैले झुट्ठा साबित गर्न सकोस यही मेरो देश र मेरा सम्मानानीय देशवाशीको भलो हुने छ। जुन ब्यक्तिले नयाँ शक्ती भन्ने पार्टी गठन गर्दै हुनु हुन्छ जो जो ब्यक्ती तेस्मा सामेल हुनु भएको छ या हुँदै हुनु हुन्छ इतिहासमा कुनै कालाकर्तुत् गरेका देशलाई धमिरोले झै खाएका जनतालाई लुटेका ब्यक्तिगत धन कुम्ल्याएका ब्यक्ती नै अहिले हाम्रो सामु प्रस्तुत हुनु भएको छ। कुनै दिन नेपाली जनता लाई झुक्क्याएर उनिहरुको बिरुद्दमा जनयुद्दको नाममा ब्यक्तिहत्याको श्रिन्खला चलाऊने बाबुराम आज तिनै भ्रस्ट चरित्रहिन कर्मचारी हरु जो अधिकांस पुलिस आर्मी सचिव स्तरका नै नयाँ शक्तिका अहिलेका अनुहार हुन अर्को तिर भएका देवेन्द्र पौडेल जस्ता भ्रस्ट ब्यक्ती सबैले कुनै न कुनै रुपमा कम्मुनिस्ट पार्टीको नाम बेचेर सोझा जनता लाई भ्रमित बनाएकै ब्यक्तिहरुको झुन्ड नै अहिलेको नयाँ शक्ती हुन।
अब डा. साहाब सँग मेरो प्रश्न यो छ कि तपाईंले पार्टी बनाउदै गर्दा हिजो तपाईंहरु बाटै लापत्ता बनाएका परिवार लाई के जवाफ दिनु हुन्छ? अर्को कुरा बाबुराम जि तपाईंले कम्मुनिस्ट पार्टीको औचित्य नभएको भनेर नयाँ शक्ती बनाउदै गर्दा हिजो तपाईंहरु बाट भएका कम्मुनिस्ट पार्टी को नाम बाट गरेका तमाम गल्ती लाई सम्पूर्ण सोझा गरीब जनता सँग माफि माग्नु हुन्छ कि हुँदैन? हिजो हामीलाई कुनै न कुनै प्रकारले दिएको दु:ख पर्ती तपाईंको जवाफ के हुन्छ? जनताको लागि युद्द भन्नेहरु निर्दोस जनता मराउन किन लागि परेको यस्को जवाफ के छ तपाईं सँग? हिजोका भ्रस्टाचारी लाई आज कसरी काखी च्याप्न सक्नु भयो? हिजो हामी लाई यिनी सामन्ती तन्त्रका कर्मचारीलाई सिध्याउनु पर्छ भनेर आदेश दिने तपाईं आज तिनै सँग कसरी गुणात्मक फड्को मर्नु भयो? बाबुराम जि के हो नयाँ शक्ती?
पुरानो बोतलमा नयाँ लेबल नयाँ शक्ती हुन सक्छ? तपाईं माओवादीको नाम बाट देशको प्रमुख कार्यकारी बन्नु भयो तपाईंले राष्ट्रघाती बिप्पा सम्झौता गर्नु भयो गरीब जनताको लागि के गर्नु भयो? किन भ्रम को खेती गर्दै हुनु हुन्छ? तपाईंले कुनै समय बारखम्बा रोड नेपाली दुतावास नयाँ दिल्लिमा भाषण गर्नु भएको थियो बादशाह लाई घोडा बाट खसाल्नु पर्छ आज त्यो बादशाह कहाँ हरायो? के हामी नेपाली जनताको जिवनमा कुनै गुणात्मक परिवर्तन भयो? यथार्तमा नेपाली जनताको जिवनमा कुनै परिवर्तन भएको छैन उनिहरुको जीवन झनै कस्टकर हुँदै गएको छ। गाउ बाट शहर आएका छन इमान बेचेका छन अस्मिता बेचेका छन बिदेशमा गएका युवा लास बनेर काठको बाकसमा फर्किन्छन। हिजो हामी आत्मनिर्भर थियौ आज परनिर्भर् भएका छौ। तपाईंहरुले बैंक बाट लुटेको पैसा जमिनमा लगानी गर्नु भयो जमिनको मुल्य अप्रत्यासित महँगो बनाउनु भयो किन कि तपाईं हरु भुमाफिया सँग मिल्नु भयो। आज हामीले जमिन किनेर खेती गर्न सक्ने हैसियत कुनै माइकालाल सँग छैन।
१०लाख रुपैयामा एक कट्ठा जग्गा किनेर कसरी खेती गर्नु कुन खेती गरेर त्यो लगानी उठ्छ? तपाईंले मरेर जादा पैसा कहाँ लगेर जानु हुने हो किन यो यती सुन्दर देशको अबसानमा लाग्नु भयो? यदी साच्चिकै छातीमा तातो रगत बग्ने नेपालीको छोरो कोही छ भने तपाईंका हिजो देखी गरेका कलाकारतुत लाई सलाम गर्न सक्ने छैन। तपाईंले फेरी पनि नेपालमा अस्थिर्ता निम्त्याउने भन्दा अर्को कामको लागि यो कृयाकलाप गर्दै हुनु हुन्छ भनेर मैले विश्वाश गर्न सक्दैन। तपाईं जस्तो धुर्त ब्यक्तिले यो देशमा कुनै किसिमको राम्रो काम गर्ला भनेर हामी सोच्न पनि सक्दैनौ। जनयुद्द बाट हामीले के पायौ के गूमायौ पहिले हामीले शमिक्षा गरौ। परिवार बिगारनु भयो युवाहरुको जिन्दगी बिगारनु भयो। तपाईंको छोरीलाई भारत पढ्न पठाउनु भयो गरीबका छोराछोरिलाई तातो गोली। तेसैले हामी कोही पनि यो भ्रम बाट मुक्त हुन जरुरी छ कि यो नयाँ शक्ती नेपालको ब्रिहत हितको लागि होइन। यो तिनै भ्रस्ट कर्मचारी लाई नयाँ रुपमा प्रस्तुत गरेर फेरी जनता लाई मार्नु मराउनु नै हो!!!
from #http://bit.ly/1PBr6Ul
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

