Loading...
Loading...
साग फुटबलमा नेपाली टोलीको प्रशिक्षकमा बालगोपाल परेनन्, किन ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
१८ माघ, काठमाडौं । बंगलादेशमा बंगबन्धु गोल्डकप जित्दै नेपाललाई २३ बर्षमा उपाधि दिलाएपछि सागमा पनि त्यस्तै प्रदर्शनको आश गरिएको छ ।

साग खेल्ने टोली पनि त्यही छ । बंगलादेशमा नेपाललाई उपाधि दिलाएका स्टारहरु बिलम घर्ती मगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट, विकेश कुथूहरु नै टोलीमा छन् । योसँगै धेरैको अनुमान हुन्छ कि प्रशिक्षक बालगोपाल महर्जन नै होलान् ।

उनीसँगै सहायक प्रशिक्षक उपेन्द्रमान सिंहको रणनीतिमा प्रशिक्षणमा नेपालले यू-१९ साफ र बंगबन्धु गोल्डकप जितेको थियो । तर, अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार सागका लागि नेपाली टोलीको घोषणा गरेको छ । र, प्रशिक्षक छन् राजुकाजी शाक्य ।

भारतमा भएको साफ च्याम्पियनसिप लगत्तै फ्रान्स गएका नेपाली टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक एजम्स नेपाल फर्किएनन् । त्यसपछि एन्फाले बालगोपाललाई बंगबन्धु गोल्डकपमा नेपाली टोलीको नेतृत्व सुम्पिएको थियो ।

बंगबन्धु गोल्डकप जारी रहँदा साग गेम्सको नेपाली फुटबल टोलीको प्रशिक्षकको रुपमा राजुकाजी शाक्यको नाम दर्ता गरिएको हो । बालगोपालकै स्वीकृतिमा एन्फाले शाक्यलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको एन्फाले जनाएको छ ।

भएछ के भने फेब्रुअरी ३ देखि काठमाडौंमा ए श्रेणीको कोचिङ लाइसेन्स कोर्स सञ्चालन हुने तय भएको थियो । ए लाइसेन्स लिनका लागि बालगोपाल र उपेन्द्रमान सिंहले नै सागबाट नाम फिर्ता लिएका थिए ।

तर, एएफसीका प्रतिनिधिले उपस्थिति जनाउन नसक्ने भएपछि कोचिङ लाइसेन्स कोर्स स्थगित भएको थियो । शाक्यको नाम दर्ता भइसकेकाले अब अन्तिम समयमा आएर बालगोपालाई सागमा पठाउन नसकिने भएको छ ।

बालगोपालले आफु नरहेपनि बंगबन्धु गोल्डकपको प्रदर्शनबाट नेपाली टोलीको हौसला उच्च भएको भन्दै सागमा राम्रो प्रदर्शन गर्ने आश व्यक्त गरे ।

को-को छन् नेपाली टोलीमा ?

अखिल नेपाल फुटवल संघ एन्फाले आसन्न साग गेम्समा पुरुष फुटबलतर्फ तीन सिनियर खेलाडीहरु सहित २० जनाको टोली घोषणा आइतबार गरेको छ । सिनियर खेलाडीहरु कप्तान बिराज महर्जन, विक्रम लामा र नवयुग श्रेष्ठ छन् ।

नवयुगले बंगबुन्ध कपको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध हृयाट्रिक गरेका थिए भने फाइनलमा समेत एक गोल गरेका थिए । उनी बंगबन्धु गोल्डकपका मोस्ट भ्यालुएवल प्लेयर र सर्वाधिक गोलकर्ता समेत बनेका थिए ।

गोलकिपर : बिकेश कुथू, एलन न्यौपाने, अमृत चौधरी

डिफेण्डर : बिराज महर्जन (कप्तान), आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजबंशी, कमल श्रेष्ठ, मानबहादुर तामाङ

मिडफिल्डर : बिक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजीत श्रेष्ठ, प्रकाश बुढाथोकी

स्ट्राइकर : अञ्जन विष्ट, विमल घर्तीमगर, रञ्जन विष्ट, सुनिल वाल, नवयुग श्रेष्ठ, सुमल लामा

साग गेम्सको पुरुष फुटबलतर्फ नेपाल भुटान र बंगलादेशसँगै समूह ए मा छ । नेपालले समूहको पहिलो खेलमा माघ २४ गते भुटानसँग र २८ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
- अनलाइनखबर


#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1PK16Gs

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.