भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं— स्थलमार्गबाट अमेरिका हिँडेका २६ नेपाली कोस्टारिकामा पक्राउ परेका छन्। ट्रक चढेर निकारागुवा, ग्वाँटेमाला, मेक्सिको हुँदै अमेरिकातर्फ हिँडेका उनीहरुलाई त्यहाँको राष्ट्रिय प्रहरीले पक्राउ गरेको हो। उनीहरुसँग यात्राका लागि आवश्यक कानुनी कागजात नभएको अध्यागमन अधिकारीहरुले उल्लेख गरेका छन्। ट्रकबाट निकारागुवातर्फ गइरहेका ५१ जनालाई आप्रवासन अभियोगमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ९ बंगलादेशी, ९ समोलियन, ४ इरिट्रियन, दुई इराकी र एक पाकिस्तानी रहेको द टिको टाइम्स न्युजले उल्लेख गरेको छ। अध्यागमन अधिकारीहरुले पक्राउ परेकाहरु कसैसँग पनि यात्राको वैधानिक कागजात नभएको जनाएका छन्।
पक्राउ पर्नेमा ट्रक चालक र अरु तीन कोस्टारिकाका नागरिक पनि छन्। ती सबैलाई मानव बेचविखनको अभियोग लगाइएको छ। कोस्टारिका नागरिकले ट्रकलाई एस्कर्ट गरेर गन्तव्यतर्फ लगिरहेको अवस्थामा पक्राउ गरेको अध्यागमन अधिकारीले उल्लेख गरेका छन्।त्यहाँको कानुनअनुसार पक्राउ परेकाहरुलाई २ देखि ६ वर्षसम्म जेल सजाउ हुनसक्छ। कोस्टारिका प्रहरीले यसअघि पनि अमेरिका हिँडेका नेपालीलाई पक्राउ गरेको थियो।
मानव दलालहरुले मोटो रकम लिएर प्लेन, डुंगा, रेल र ट्रकमार्फत् जोखिमपूर्ण तरिकाले विश्वका विभिन्न देशका मान्छे अमेरिका पुर्याउँदै अाएका छन्। पछिल्लो समय दलालहरुले नेपालीहरुलाई समेत यस्तो जोखिम मोलेर अमेरिका पुर्याउँदै अाएका छन्।
दलालहरुले दक्षिण अमेरिकी मुलुकहरु ब्राजिल, कोलम्बिया पुर्याएर कामदारहरुलाई कोस्टारिका छिराउने गर्छन्। त्यसपछि निकारागुवा, ग्वाँटेमाला र मेक्सिको पुगेपछि अमेरिकासँगको सीमा पुर्याउँछन्। स्थलमार्गको यात्रामा दलालहरुले कामदारलाई ट्रक जस्तो तल्लोस्तरको यातायात साधनमा राखेर मान्छे ओसार पसार गरेको देखिएको छ। कोस्टारिकादेखि अमेरिकाको सबैभन्दा नजिकको सहर टेक्सासको लारेडियो हो। त्यसको दूरी कोस्टारिकाबाट ४ किलोमिटर छ। दलालहरुले यति लामो दूरीमा कामदारलाई ट्रकमा राखेर भेडाबाख्रा जसरी यात्रा गराउँछन्।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

