Loading...
Loading...
मोदीले फोन गरि प्रधानमन्त्री केपी ओली लाइ यसो भनेछन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि टेलिफोन वार्ता भएको छ। बिहिबार बिहान १०.३५ बजे करिब २० मिनेट लामो टेलिफोनमा संवादमा दुबै प्रधानमन्त्रीले अंग्रेजी नयाँ बर्ष २०१६ को शुभकामना आदानप्रदान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले बताए।
प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्वोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई धन्यवाद दिएका थिए।
‘नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत उहाँहरुबीच कुराकानी भयो। प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताउनुभयो,’ दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्ज नाकाबाट आपूर्ति व्यबस्था सहज बनाउन आग्रह गरेका छन्। जवाफमा प्रधानमन्त्री मोदीले आफू सदैब आपूर्ति व्यबस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताएका थिए।
भारतका प्रधानमन्त्री मोदीले रक्सौल बीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असजह भएको बताए।
प्रधानमन्त्री मोदीले औषधिको अभाव भएका बेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनि औषधी आपूर्ति गर्न भनेको स्मरण गरेका छन्।
‘प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच द्धिपक्षीय हितका बिषयमा समेत कुराकानी भयो। प्रधानमन्त्री मोदीले छिटै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्विकार गर्नुभयो। छिटै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो,’ विज्ञप्तिमा भनिएको छ।
मोदीले तीन महिनायता ओलीसँग बार्ता गरेको यो तेस्रो पटक हो। प्रधानमन्त्री दुई दिने कार्यक्रमका लागि झापामा छन् ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.