भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बुधवारदेखि दाङसहित तराईका २२ जिल्लामा अनिश्चितकालिन राजमार्ग केन्द्रीत आन्दोलन सुरू गरेका छन्।
जसका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरी क्षेत्रको राजमार्गमा सवारी आवागमन ठप्प छ। आन्दोलनकारीले दाङको सीमा अमेलियादेखि भालुवाङसम्म विभिन्न स्थानमा सडक अवरोध गरेका छन्।
बिहान ७ बजे सम्म राजमार्गमा सवारी साधन सञ्चालन गर्न दिइएको थियो। जानकारी नभएका रात्रि बसका यात्रुलाई गन्तब्यसम्म जान दिनका लागि बिहानको आन्दोलन केहि खुकुलो पारिएको वन्दकर्ताहरुले जानकारी दिए।
आजदेखि राजमार्ग केन्द्रीत आन्दोलन गरी नाका ठप्प पार्ने रणनीति अन्तर्गत राजमार्ग ठप्प पारिएको जिल्लाका थारु नेताहरुले बताए।
थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङ देउखुरी क्षेत्रका संयोजक हिरालाल चौधरीले बजार र स्कुल भने संचालन गर्न दिने बताएका छन्। तर, बस, ट्रक, मोटरसाईकल, उद्योगधन्दा बन्द रहने उनले जानकारी दिए। उनले केन्द्रीय कार्यक्रम अन्तर्गत राजमार्ग केन्द्रीत नाकाबन्दी गरिएको जनाए।
साउन २७ गतेदेखि सीमांकनको विरोधमा आन्दोलन शुरु गरेको थारू समुदायले पछिल्लो समय असोज ३ मा नयाँ संविधान जारी भएपछि त्यसको पनि विरोध गर्दै आएको छ। उनीहरुले थारु वाहुल क्षेत्रको छुट्टै प्रेदश बनाउनु पर्ने, जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरीनुपर्ने,थारुहरुको पहिचान र सामर्थ्यका आधारमा प्रदेशहरु निर्माणगर्नुपर्ने लगायतका माग गर्दै आएका छन्।
अवस्था सामान्य प्रहरी
दाङ प्रहरी प्रमुख कुवेर कडायतले यो खबर तयार पार्दासम्म पूर्वपश्चिम राजमार्गको अवस्था सामान्य रहेको जानकारी दिए।
बिहान आन्दोलनकारी कतै नदिएको र रात्रि बसहरुमा आवात जावात गर्ने सबै यात्रुहरु जिल्लावाट विना अवरोध गनतब्य तर्फ प्रस्थान गरेको उनले बताए।
अन्य दिवा सेवाका सवारी,जिप,कार,ट्रक,ट्याङकर र मोटरसाईकल जस्ता साधन आएको खण्डमा प्रहरी समय / समयमा स्कर्टिङका लागि तयारी हालतमा बसेको जिल्ला प्रहरी प्रमुख कडायतले सेतोपाटीलाई बताए।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

