Loading...
Loading...
पढाउन छाडेर शिक्षकहरू आन्दोलनमा ,उनीहरुको माग यस्तो रहेछ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं : सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले सोमबार पढाउन छाडेर शिक्षा विभागमा काम रोक धर्ना दिएका छन् ।
विगतमा शिक्षण पेसासँग सम्बन्धित संघसंगठनसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने, शिक्षक ऐन संशोधन विधेयक तत्काल पारित गराउनुपर्नेलगायत विभिन्न पेसागत माग पूरा गराउन दबाब दिँदै नेपाल शिक्षक महासंघ आन्दोलित भएको हो ।

Capture
शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षा मन्त्रालयलाई आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न र सम्पत्ति कमाउने अड्डाका रूपमा प्रयोग गरेको आरोप लगाउँंदै उनीहरुले उनको राजीनामा पनि माग गरेका छन् । मन्त्रालयसमक्ष विभिन्न माग राखेर आन्दोलनमा उत्रेको नेपाल शिक्षक महासंघले शिक्षामन्त्री चित्रलेखा यादवको पद बहाली भएसँगै शिक्षा क्षेत्रमा भ«ष्टाचार र अनियमितता मौलाएको आरोप लगाएको छ । शिक्षामन्त्रीलाई तत्काल बर्खास्त नगरिए मुलुकको शिक्षा क्षेत्र थप लथालिंग र बदनामी हुने भनाइ शिक्षकहरुको छ ।
शिक्षा विभागमा सोमबार धर्ना दिन पुगेको महासंघका महासचिव तिलक कुँवरले भने, ‘अहिलेकी शिक्षामन्त्री मुलुकको शिक्षा क्षेत्रको समस्या समाधानका लागि कुनै हैसियत राख्दिनन् । हामीले विगतमा थुप्रै जायज माग राखेर उनलाई सुझाव पनि दियौं । तर उनले चासो राखिनन् ।’

शिक्षक आन्दोलन परिचालन समितिका सदस्य एवम् नेपाल शिक्षक संघका महासचिव राजेन्द्रराज पौडेलले सहमतिअनुरुप शिक्षा ऐन संशोधन विधेयक तत्काल पारित गर्न आलटाल गरेको, २०६६ साल र २०६८ सालमा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयन नभएको लगायतका विषयमा दबाब दिन आन्दोलनमा उत्रनुपरेको बताए। महासंघले द्वन्द्वपीडित शिक्षककको पुनर्बहाली गर्नुपर्ने, अस्थायी शिक्षकका समस्या समस्या समाधान गर्नुपर्ने, शिक्षासम्बन्धी नीति निर्माणमा शिक्षकहरूको प्रतिनिधित्व हुनुपर्ने लगायतका १२ सूत्रीय माग अघि सारेको छ । भिडियो हेर्न यहाँ तलको लिंकमा क्लिक गर्नुहोस ==>>>



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.