Loading...
Loading...
हिन्दु राष्ट्रका लागि जनजाति पनि सडकमा |बाइबल थमाएर किरात धर्मको अस्तित्व मेट्न खोजियो’ |
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

इटहरी : सुनसरीको इटहरी हिन्दु राज्य प्राप्तिको आन्दोलन झन कडा हुँदै गएको छ । सनातन हिन्दु राज्य संघर्ष समितिले थालेको आन्दोलनमा आदिवासी जनजाति समुदायले समेत सर्मथन जनाएपछि हिन्दुवादीहरुको आन्दोलन थप शसक्त बन्दै गएको छ ।

Capture

हिन्दुवादीहरुको आन्दोलनलाई समर्थन जनाउदै मुस्लिम, राई, लिम्बूले पनि सर्मथन जनाएपछि हिन्दुवादीको आन्दोलन थप शसक्त बन्दै गएको हो ।

जनजाति पनि हिन्दु राज्यको पक्षमा
आइतवार लिम्बू समुदायले समेत आन्दोलनमा ढोल झ्याम्टा बजाएर सहभागिता जनाएका थिए । र्‍याली पछिको भीडलाई सम्बोधन गर्दै लिम्बू समाजका अगुवा हरि वानेम लिम्बूले नेपाल हिन्दु राष्ट्रको राजधानी भएकाले नेपाललाई हिन्दु राष्ट्र नै घोषणा गर्नुपर्ने माग गरेका छन् ।

उनले वैदेशिक हस्तक्षेपका कारण सोझासाझा जनतालाई आर्थिक प्रलोभनमा पारी धर्म परिवर्तन गर्न लगाएको बताउँदै यस्ता गलत कार्य राज्यले तत्काल बन्द गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा अर्का बक्ता तथा हिन्दुराज्य अभियानकर्ता जनजाति कल्याण आश्रम केन्द्रका केन्द्रिय सचिव प्रेम थुलुङले आर्थिक प्रलोभनमा पारेर लाखौं जनजातिलाई जबरजस्ती बाइबल थमाइएको बताए ।

‘सोझा जनजातिलाई फकाएर बाइबल थमाइ धर्म परिवर्तन गर्न लगाइएको छ’, उनले भने, ‘विदेशीहरु धर्म परिवर्तनबाट किरात धर्मको अस्तित्व निमिट्यान्न पार्न लागिरहेका छन् ।’

hindu nation nepal protet itahari_hari banem limbu_kirati_limbu

न्दुवादीको आन्दोलनलार्इ समबोधन गर्दै लिम्बू समाजका अगुवा हरि वानेम लिम्बू । तस्बिर : रत्नप्रसाद आचार्य
हिन्दु धर्मले सबै जाति र धर्मलाई सम्मान गर्ने भएकाले सबै नेपालीलाई हिन्दु धर्मको छातामुनि उभिन थुलुङले सबैलाई आग्रह गरेका छन् ।

हिन्दुराज्य प्राप्तिको आन्दोलनले सरकारलाई बाध्य पारेर हिन्दु राष्ट्र घोषणा गराइछाड्ने उनको भनाइ थियो । हिन्दु आन्दोलनका अगुवा सन्त श्रीनिवासाचार्यले हिन्दु राज्य प्राप्तिको अबको आन्दोलन निर्णायक बनाउने बताए । उनले इटहरीबाट सुरु गरिएको हिन्दुवादीहरुको आन्दोलन राष्ट्रव्यापी बनाइ हिन्दु राज्य प्राप्तिका लागि सशक्त बनाउने बताए ।

hindu nation protest itahari_kirat rai_Limbu

सदाझैँ आइतबार पनि इटहरीको खेतिखोलाबाट हिन्दुवादीले नाराजुलुससहित सडकमा ¥याली निकालेका थिए । ¥यालीमा पर्दशनकारीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर, गाई काट्नेलाई फासी दे, धर्मनिरपेक्षता चाहिँदैन र विदेशी धर्मलाई बहिष्कार गरौ जस्ता नारा लगाएर इटहरी बजार परिक्रममा गरेका थिए ।

गत मंगलबार इटहरीमा सनातन हिन्दु राज्यको माग गर्दै सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी पर्दशनकारीलाई धरपकड गरेपछि आन्दोलन सशक्त बन्दै गएको हो । साभार अन्नपूर्ण पोस्ट | भिडियो हेर्नको लागि तलको लिंक या बक्समा क्लिक गर्नुहोस >>>



## News source from Zoomnp http://bit.ly/1LYItjY
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.