भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
पालगन्ज, साउन १७ – आफूले विदेशमा दुख गरेर कमाएको ३४ लाख रुपैयाँ बराबरको सम्पत्ति लिएर श्रीमतीले अर्कैसँग विवाह गरेपछि नेपालगन्ज उपमहानगरपालिका–२४ कारकादौंका दानबहादुर शाही न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय बाँके पुग्नुभएको छ । दानबहादुरकी श्रीमती रुक्माकुमारी शाहले एक हप्ता अघि बाँकेको बागेश्वरी–२ खजुराका हरि पाण्डे भनिने सोमनबहादुर पाण्डेसँग भागेर विवाह गरेकी हुन ।
विदेशमा कमाएको साढे १५ लाख रपैयाँ, बैंकमा घर धितो राखेर झिकेको पाँच लाख ५५ हजार रुपैयाँ, स्थानीय समूहबाट ऋण लिएको सात लाख रुपैयाँ नगद, आठ तोला सुन, आइफोन र ल्यापटप लिएर श्रीमतीले अर्कैसँग विवाह गरेको दानबहादुरको दावी छ । कारकादौंमा श्रीमतीको नाममा रहेको घर ग्रामीण विकास बैंकमा धितो राखी ऋण लिएको उहाँले बताउनुभयो ।
अर्काकी श्रीमती भगाउने पाण्डे समेत विवाहित हुन् । उनका एक छोरा र दुई छोरी छन् । आसाङ मोटर कम्पनीको सिङ्गापुर र मलेसिया शाखामा कार्यरत दानबहादुर श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको सुइको पाएर केहीदिन अघि मात्र घर फर्कनुभएको थियो । उहाँले भन्नुभयो ‘म घर आइपुग्दा पाण्डे पनि मेरै घरमै थिए । म आएको केहिबेरमै उनीहरु दुवै सँगै भागे ।’ उनीहरुलाई पक्राउ गरी आफूलाई न्यान दिन प्रहरीकोमा निवेदन दिएपनि प्रहरीले चासो नदिएको आरोप शाहीको छ । माथिका तस्विरमा : क्याप लगाउने एकल तस्बिरमा दानबहादुर शाही । चस्मा लगाने युगल तस्विरमा रुक्माकुमारी शाह र हरि पाण्डे भनिने सोमनबहादुर पाण्डे ।
## News source from Zoomnp http://bit.ly/1OICW02
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement