Loading...
Loading...
कर्फ्युबीच वीरगञ्जमा दुई प्रहरी चौकी आगजनी, प्रहरीको गोलीबाट १ जनाको मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

रौतहट-स्थानीय प्रशासनले वीरगञ्जमा लगाएको कर्फ्यु आन्दोलनकारीले तोडेका छन्। प्रदर्शनकारीले दुई प्रहरी चौकी र एक सवारी साधनमा आगजनी गरेका छन्। प्रहरी र प्रदर्शनकारीबीच श्रीपुर-१४ राधेमाइ टोलमा झडप हुँदा ३० प्रहरीको गोली लागि ३० वर्षीय दीलिप चौरसियाको मृत्यु भएको छ। उनी वीरगञ्ज-२५ जगनाथपुरका स्थायीबासिन्दा हुन्। पिठ्युमा गोली लागेका उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। गोली लागि घाइते भएका पन्नाला यादबको अवस्था गम्भीर छ। उनलाई ढुँडामा गोली लागेको छ।
आन्दोलनकारीले रानीघाट प्रहरी चौकी र अशोकबाटिका नजिक रहेको शिव पार्वती मन्दीर संसानघाट अस्थायी प्रहरी पोष्टमा आगजनी गरेका हुन्। रानीघाट प्रहरी चौकीलाई दिउसोनै खाली गराइएको थियो।

वीरगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि राखिएको पर्सा नापी कार्यालयको ना १ झ २७९ नम्वरको गाडीमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन्। कर्फ्यू तोडेपछि प्रहरी र प्रर्दशनकारीबीच ठाउँ ठाउँमा झडप भएका छन्।

मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेश मान सिंहको तेतृत्वमा रहेका बन्दकर्ताहरुले इलाका प्रहरी कार्यालय नगवाका लागि थप मद्धत गएको प्रहरी टोली माथि अन्धाधुन्द ढुंगामुढा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र रवर बुलेट प्रहार गरेको थियो।

सिंहकै नेतृत्वमा रहेको बन्दकर्ताहरुले बसपार्कमा राखेका बस तथा प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि उक्त स्थानमा समेत प्रहरीले अश्रुग्यास र रबर बुलेट प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो।

घण्टाघर चोकमा संयुक्त मधेसी मोर्चाका पर्सा संयोजक प्रदीप यादवको नेतृत्वमा रहेको बन्दकर्ताहरुले नेपाल टेलिकमको कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास फायर गरी भिडलाई तितरवितर गरेको प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले सोमबार ४ बजेदेखि मंगलबार ६ बजेसम्म पूर्व पर्वानीपुर, पश्चिम ईनरवा, उत्तर गण्डक र दक्षिण सिरसिया भित्रको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस ==>>

Capture



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.