भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

स्थानीय प्रशासनले लगाएको कर्फ्युका बाबजुद वीरगञ्जका विभिन्न स्थानमा मधेसवादी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका छन्।
स्थितिलाई नियन्त्रणमा लिन मंगलबार बिहानै गण्डकमा प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन्। स्थानीय १७ वर्षीय दिपेश पटेल र सन्दीप पटेल घाइते भएका हुन्। घाइतेहरुको उपचार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ।
आन्दोलनकारीले कर्फ्यु उल्लङ्घन गर्दै बिहानैदेखि वीरगञ्जको गण्डक र लक्ष्मणवा लगायत विभिन्न ठाउमा प्रदर्शन गरेका छन्। मुर्लीमा पनि प्रदर्शकारी सडकमा उत्रिएका छन्। ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ। उनीहरुले मुर्लीमा प्रहरीको गाडीमाथि ढुङ्गामुढा गरेका छन्।
कर्फ्यु लगाइएका विभिन्न स्थानमा पर्ने राजमार्ग र सम्पर्क मार्गमा प्रदर्शनकारीले ढुङ्गा राखेर अवरुद्ध पारेका छन्। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तितरबितर पार्न बल प्रगोग गरेको छ। वीरगञ्जमा आन्दोलन चर्किएपछि प्रशासनले सोमबार अपरान्ह ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो।
नगरक्षेत्रमा सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ। प्रशासनले अर्को आदेश नभएसम्म त्रिभुवन राजपथअन्तर्गत परवानीपुर, गण्डक, पावरहाउस, घण्टाघर, माइस्थान, भन्सार क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरेको छ।
त्यसैगरी पदमरोडको जिल्ला विकास समिति क्षेत्र, रानीघाट, आदर्शनर, छपकैया र बाइपास सकडखण्डको नगावा, नयाँ बसपार्क, प्रतिमाचोक क्षेत्रमा स्थानमा पनि कर्फ्यु लगाइएको छ। प्रदेश सीमाङ्कनको विरोधमा मधेसवादी मोर्चाले आह्वान गरेका अनिश्चितकालिन बन्दको आज १७ औं दिन हो। भिडियो हेर्नको लागि यहाँ तलको लिंकमा क्लिक गर्नुहोस ==>>
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

