Loading...
Loading...
नेपलाको गडिमाई मेलाको काटमार रोक्न दिल्लीमा दवाब दिनु पर्ने।
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौ, श्रावण १५ – गढीमाई मन्दिरका मूल पुजारी मंगल चौधरीले पुर्खादेखि चलिआएको पशुबलिलाई बलजफ्ती रोक्न खोजे परिणाम राम्रो नआउने चेतावनी गत मंसिरमा कान्तिपुरसँग दिएका थिए । तिनै चौधरीले केही दिनअघि नया दिल्लीमा पशुबलि रोक्न अनुमति दिएको समाचार विश्वभरिका मिडियाको लागि चासोको विषय बन्न पुग्यो । चौधरीले भने दिल्लीबाट फर्केर कुरा गर्दै आफूले त्यसो नभनेको, बरु सबै मिलेर सबैको विश्वास लिएर रोके आफू बाधक नबन्नेमात्रै भनेको प्रष्टयाएका छन् । ‘सबै मिलेर पशुबलि रोके मलाई आपत्ति छैन,’ चौधरीले भने, ‘तर आस्थाले बलि दिन आउनेलाई रोक्न सकिन्न ।’Capture

पाँच वर्षमा एक पटक लाग्ने गढीमाई मेला वास्तवमा फूल, रंग, अबिर, मिठाई आदिको रंगीन संगम हो । पछिल्ला वर्ष भने यी सबै विषयहरूलाई छाया पार्ने मुद्दा बन्न पुगेको छ– पशुबलि । बरियारपुरस्थित गढीमाई मेलामा सयौं बर्षदेखि दिइदैँ आएको राँगालगायतका बलि रोक्न भारतीय पशु अधिकारकर्मीमात्रै होइन, न्यायालय र केही मन्त्रीसमेतको चासो बढेको छ । हरेक पाँच/पाँच बर्षको मंसिरमा धार्मिक आस्थाको आधारमा परम्परागत रुपमा स्वस्फुर्त दिईदैँ आएको बलि प्रथा विरुद्ध भारतीय न्यायालय, मन्त्री, प्रशासन, पशुअधिकार क्षेत्रमा कार्यरत संघसंस्था र पशुअधिकारकर्मी कस्सिएका छन् । दुई साता अघि भारतीय सर्वोच्च अदालतले २०७६ को मेलालाई मध्यनजर गरी फेरि पशु जान नदिन अर्को आदेश गरेको छ । अघिल्लो मेलाको बेला बलि रोक्न भारतीय पशुअकिारकर्मीहरुले गढीमाई मेला व्यवस्थापन समिति विरुद्ध भारतीय प्रहरीमा एफआइआर दर्ज गरेका थिए । गत वर्षको मेला चल्दैगर्दा उक्त अदालतले आफ्नो मुलुकबाट गढीमाई मेलामा पशु जान नदिन रोक लगाउने आदेश दिएको थियो । आदेशअनुसार भारतीय सीमा सुरक्षा बलले नेपालतर्फ राँगा आउन नदिन कडाई गरे पनि लुकिछिपी गढीमाई ल्याइयो ।

भर्खरै भारतीय ‘हयुम्न सोसाइटी इन्टरनेशनल’ संस्थाको निमन्त्रणामा गढीमाई मेला व्यवस्थापन समितिका सचिव मोतिलाल कुसवाहा र पुजारी मंगल चौधरीसहितको चार सदस्यीय टोली भारतको राजधानी दिल्ली पुगेर त्यहाँका बहालवाला महिला बालबालिका मन्त्री तथा पशुअधिकारकर्मी मेनुका गान्धी, विश्व हिंसा विरोधी स्वामी अग्निवेशलगायतका व्यक्तिसित भेटघाट गरी फर्केको छ । त्यस क्रममा उनीहरुले दिल्ली र पटनामा पत्रकार सम्मेलन गरेर सबैको सहयोगमा बलि रोक्ने बताएका थिए ।

त्यहाँ पुग्न समितिको खर्च व्यवस्थापनसहितको जाने आउने चाजोपाजो मिलाइदिने काम नेपाली संस्था पशु कल्याण सञ्जाल नेपाल (एडब्लुएनएन) ले गर्यो । ‘बलि प्रथालाई रोक्न गढिमाईदेखि धावा बोल्ने भारतीय योजनाअन्तर्गत हामीलाई अत्यधिक दबाब छ,’ दिल्लीबाट फर्केका समितिका सचिव मोतिलाल कुसवाहाले कान्तिपुरसित भने, ‘धेरै दबाब परेपछि हामीले मनले नस्वीकारे पनि बलि रोक्न वाचा दिनुपर्‍यो ।’

उनी भन्छन् ‘हामीमाथि भारतमा एफआइआरलगायतका अरु धेरै जोखिमहरु भएकाले बलि रोक्नैतिर लाग्ने बाध्यता भएको छ ।’ टोलीमा गएका अरु सदस्यहरु खुल्न चाहदैँनन् । दिल्लीबाट टोली फर्केदेखि गाउँमा बलि दिने/नदिनेबारे चर्चा सुरु भएको छ ।

बलि रोक्ने निर्णय छैन’

गढीमाई मेलामा बलि रोक्ने निर्णय नभएको मेला व्यवस्थापन समितिका पदाधिकारीहरुले स्पष्ट पारेका छन् । गढीमाईमा ‘बलि नदिइने’ राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट सार्वजनिक भएपछि समितिका पदाधिकारीहरुले त्यसलाई खण्डन गरेका हुन् । पशु कल्याण सञ्जाल नेपाल (एडब्लुएनएन) को समन्वय र आग्रहमा भारतको राजधानी दिल्लीमा पत्रकार सम्मेलन गर्न पुगेका टोलीले ‘बलि नदिइने’ बताएका थिए ।

‘सुरुदेखि नै बलि दिने न घोषणा गरेका छौं, नत बलि रोक्ने घोषणा गरेका छौं,’ मेला व्यवस्थापन मुल समिति (गढीमाई ट्रष्ट) का अध्यक्ष रामचन्द्र साहले कान्तिपुरसित भने, ‘बलि रोक्ने संस्थागत निर्णय छैन । कसैले गढीमाईको आस्थाप्रति जबर्जस्ती गर्न मिल्दैन । बलि दिन आएपछि बलिको हामीले व्यवस्थापन मात्र गरेका छौं, त्यसैले बलि रोक्ने कुरै छैन ।’ बलि दिने/नदिने आस्था राख्नेप्रति भर पर्ने उनको भनाइ छ ।

उनी भन्छन् ‘जहाँसम्म मेला लाग्ने बर्षको माघे संक्रान्ति र फागु पुर्णिमामा बलि दिइने चलन छ, त्यो हामीले गढीमाई मन्दिर परिसर भित्र नदिइ पुजारीको घरमा बलि दिन गत माघमा निर्णय गरेका थियौं । बलि रोक्ने निर्णय गरेका छैनौं ।’ हरेक पाँचौं बर्षको मंसिरमा लाग्ने मेलामा गढीमाई मन्दिर क्षेत्रमै बलि दिइदै आइएको छ । ‘दिल्लीको कार्यक्रममा आफु सहभागी हुन नसक्ने भएपछि निमन्त्रणालाई सम्मान गरी पत्र पठाएका हौं,’ उनले भने, ‘आयोजक संस्थासित भावनात्मक सम्बन्ध रहिरहोस् भन्ने उदेश्यले आफुले पत्र लखेकोले यसलाई आफ्नो अनुकुलमा नअथ्र्ययाउन आग्रह गर्दछौं ।’

स्थानीय पत्रकार चन्द्रकिशोरले हृदय परिवर्तन गरेर बलि रोक्नुपर्नेमा दबाब दिनेतिर अधिकारकर्मी लागेको भन्दै आपत्ति प्रकट गरे । ‘उहाहरुले छोटो बाटो अख्तियार गर्नुभयो । दुईजनालाइ दिल्ली लगेर परिबन्दमा पारेर निर्णय गराएर हुदैन,’ चन्द्रकिशोरले कान्तिपुरसित भने, ‘कुनै पनि मन्दिरमा बलिप्रथा हुदैन भनेर नेपालमा कानुन बन्यो भने एउटा कुरा, नत्र भारत लगेर सस्तो निर्णय गराउने एनजिओहरुको हतारो दुर्भाग्यपूर्ण छ ।’

समितिका अध्यक्ष साह दिल्ली कार्यक्रममा जान नसक्दा उनले आयोजक संस्थालाई जानकारी दिन पत्रमा ‘एडब्लुएनएनसित हाम्रो पुर्वत मित्रवत् सम्बन्ध रहने छ’ लेखेका छन् । यो संस्था २०७१ को मेलामा बलि रोक्न प्रयास गर्दै आएको थियो । ‘त्यति बेला बलि रोक्न भारतीय फोनबाट धम्कीसमेत आएको थियो,’ अध्यक्ष साहले भने, ‘बलि रोक्न फोनमा धम्की आउनु, आफु अनुकुल पत्र लेख्न लगाएर बलि रोकिने सार्वजनिक गर्नु र निमन्त्रणा दिएर देश बाहिरको कार्यक्रममा प्रतिनिधि लगेर बलि रोक्ने हल्ला फिजाउनु रहस्यमय लागेको छ ।’

‘आस्थाले बलि दिनेलाई रोक्न सकिन्न’

–मंगल चौधरी, पुजारी

मेला समितिका सचिव मोतिलाल कुसवाहाबाट दिल्ली जानु एक दिन अघि यसबारे थाहा पायौं । पशु कल्याण सञ्जाल नेपालले व्यवस्था गरेको गाडीमा सचिवसहित हामी चार जना गयौं । हामीसित सञ्जालका मनोज गौतमसहित अन्य थिए । गत जुलाई २८ मा दिल्लीको एक प्रेस क्लबमा १५ मिनेट जम्मा भयौं । त्यहाँ स्वामी अग्निवेशलगायत धेरैको सहभागिता हुन्छ आयोजकले भनेका थिए । तर बढीमा १३/१४ जना थियौं, जसमा ४/५ जना पत्रकार थिए । उनीहरुले सोधेको प्रश्नको जवाफमा मैले भने, ‘गढीमाईको बलिको इतिहास चार सय बर्ष पुरानो छ । हामी ११ पुस्ताका पुजारी हौं । म मांसाहारी छु । बलि रोक्ने नै कुरा हो भने मैले मात्र आफ्नो हातले राँगा वा अरु काटदनँ । मेरा सन्तानलगायत अरु आस्था राखेर बलि दिनेहरुलाई रोक्न सक्दैनौं । सबै मिलेर रोक्नुस, मलाई आपत्ति छैन । दिल्लीदेखि पटनासम्म यही भन्यौं । बलि दिनु अघि आफ्नो शरीरबाट पाँच थोपा रगत दिने दु:खा कछडीयालाई सघाएका छौं । मन्दिरभन्दा दुईसय मिटर पुर्व बलि दिइन्छ । गर्भ गृह (मन्दिर प्राङगण) मा कहिल्यै पनि बलि दिइदैन । बलि दिने बाहिर हो । बलिका राँगा आफुले काट्ने/नकाट्ने समयले बताउँछ ।’

(कुराकानी : लक्ष्मी साह) स्रोत डिसीनेपाल [ भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस >>>



## News source from Zoomnp http://bit.ly/1Dg3ZiU
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.