भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

उदयपुर, जेठ १७ – उदयपुरको मैनामैनी गाविसकी एक महिलालाई ६ महिनाको छोराको हत्या आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको छ । मैनामैनी—७ की बिनु बस्नेतलाई प्रहरीले आफ्नो ६ महिनाको छोराको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर गुरुङका अनुसार परपुरुषसँग विवाह गर्ने योजना बनाएर बस्नेतले ६ महिनाको छोरा विशालको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चार दिन अघि छोरो अपहरण भयो भन्दै प्रहरीलाई खबर गरेकी बस्नेतले छोरोलाई हत्या गरी नजिकको बाँसघारीमा लगेर फालेको उपरीक्षक गुरुङले बताउनुभयो । छोराको अपरहण भएको भन्ने खबर पाएपछि इलाक प्रहरी कार्यालय रामपुरबाट गएको प्रहरी टोलीले बिनुलाई शंकाको घेरामा राखेर पक्राउ गरेको थियो ।
पछि स्थानीय बासिन्दाले शिशुको शव घर नजिकै बाँसघारीमा भेटिएको खबर गरेपछि प्रहरी घटनास्थलमा गएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानबाट आमा बिनुले नै हत्या गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शिशुको शव पोष्टमार्टमाका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने आमा बिनुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो ।
feed news collection from etaja khabar http://ift.tt/1GdRULX
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

