Loading...
Loading...
भूकम्पपीडितलाई क्यानडामा रोजगारी !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१८ जेठ, काठमाडौं । क्यानडाले भूकम्प प्रभावित नेपाली युवालाई रोजगारी दिने इच्छा देखाएको छ। नेपाल भ्रमणमा रहेका क्यानडाका उच्च अधिकारीले भूकम्पप्रभावित युवालाई कृषि क्षेत्रमा रोजगारी दिनसक्ने बताएका हुन्।

भूकम्पपछि राहत र उद्धारमा नेपाल आएकी क्यानडाका श्रम तथा महिला मन्त्री केल्ली लेइचले आइतबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको कुराकानीमा भूकम्प प्रभावित युवालाई क्यानडामा कृषि क्षेत्रमा रोजगार दिन सक्ने बताएको नागरिकमा खबर छ ।

नेपालसमेत हेर्ने भारतका लागि क्यानडाका राजदूतसँगै नेपाल आएकी लेइचसँगको भेटमा राज्यमन्त्री गुरुङले नेपालीलाई रोजगारी दिन आग्रह गरेका थिए। रोजगारीका हिसाबले आकर्षक क्यानडामा कृषि क्षेत्रमा कामदारको माग पहिलादेखि नै छ।

राज्यमन्त्री गुरुङले क्यानडासँग नेपालको विगतदेखि नै राम्रो सम्बन्ध रहेकोले यो विपतमा नेपालीलाई रोजगारीका अवसर दिँदा राम्रो सन्देश जाने भन्दै त्यसका लागि आग्रह गरेको बताए। ‘हामीले दक्ष र अर्धदक्ष कामदारका लागि रोजगारी खुलाउन अनुरोध गरेपछि क्यानडाका मन्त्रीले नेपाललाई सहयोग पुग्ने भन्दै खुलाउने सहमति जनाए ‘ उनले भने।

क्यानडामा कृषि क्षेत्रमा मौसमी काम हुने भएकाले तत्काल ६ महिनादेखि १ वर्षसम्म काम गर्ने र त्यसपछि स्वदेश फर्कने अवधारणाअनुसार कामदार लिने लेइचले बताएको गुरुङले जानकारी दिए। भेटमा लेइचले नेपाली कामदार लिने विषयमा क्यानडामा रहेको नेपाली राजदूतसँग पनि छलफल भइरहेको मन्त्री गुरुङलाई जानकारी गराएकी थिइन्।

चिकित्सकसमेत रहेकी मन्त्री लेइचले रसुवाको धुन्चेमा २ दिन स्वास्थ्य शिविरसमेत सञ्चालन गरेकी थिइन्। नेपाल भ्रमणका बेला उनले महिला तथा बालबालिका मन्त्री निलम केसी र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग पनि छलफल गरेकी थिइन्। नेपालमा क्यानडाको दूतावास खोल्ने गृहकार्य भइरहेको पनि लेइचले जानकारी दिएकी छिन्।आजको अनलाईन खबरमा खबर छ ।



feed news collection from etaja khabar http://ift.tt/1HFoFwm

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.