Loading...
Loading...
दुई दिनमा दुई लाख पचास हजारभन्दा बढी यात्रु बाहिरिए
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
बुधबार र विहीबार गरी उपत्यकाबाट दुई लाख पचास हजार भन्दा बढी यात्रु बाहिरिएको प्रहरीले जनाएको छ । त्यस्तै, सोही अवधिमा तीस हजार भन्दाबढी नागरिक उपत्यका भित्रिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता कमलसिंह बमले उपत्यकाबाट बाहिरिने क्रम अत्याधिक बढेको र यो क्रम केही दिन जारी रहने देखिएको बताए ।

बुधवार मात्रै दश हजार १२९ सवारी साधनबाट एक लाख ३१ हजार ३६४ नागरिक बाहिरिएकोमा बिहिबार साँझसम्म पनि एक लाख भन्दा बढी बाहिरिएको र बाहिरिने क्रम जारी रहेको प्रहरीले जनाएको छ । बढी भाडा असुल्ने ५८ सवारी साधनलाई कारवाही गरिएको तथा २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

४१ विदेशी बेपत्ता

भूकम्पमा परी ४३ विदेशीको मृत्यु भएको छ भने ४६ जना घाईते भएका छन् । सबैभन्दा बढी इजरायलका १५ जना नागरिकको मृत्यु भएको छ । मृत्यु भएका ४१ मध्ये ३६ जना पुरुष र पाँचजना महिला छन् ।

त्यस्तै सातजना भारतीय,पाँचजना क्यानाडेली, तीनजना चीनियाँ, तीनजना बङ्गलादेशी, तीनजना फ्रान्सेली, दुईजना रुसी र एकजना लेबनानी रहेका छन् ।

सिन्धुपाल्चोकको तातोपानी, सोलुखुम्बु र लाङ्टाङ राष्ट्रिय निकुञ्जमा अधिकांश विदेशीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै,हालसम्म ४१ विदेशी नागरिक बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

भूकम्पमा पाँच हजार ८२५ को मृत्यु

भूकम्पमा परी मृत्यु हुनेको संख्या हालसम्म पाँच हजार ८२५ रहेको तथा घाइतेको संख्या दश हजारभन्दा बढी पुगेको प्रहरीले जनाएको छ । सबैभन्दा बढी सिन्धुपाल्चोकमा १८२०, काठमाडौँमा १०८९, नुवाकोटमा ७१७, धादिङमा ५७०, गोरखामा ४०७, काभ्रेमा २७७, भक्तपुरमा २६४, ललितपुरमा १७० र मकवानपुरमा ३३ जनाको मृत्यु भएको छ ।

त्यस्तै, हालसम्म १४८ जना नागरिक हालसम्म बेपत्ता छन् । जसमध्ये रसुवामा १००, मकवानपुरमा ३०, काठमाडौँमा १२, काभ्रे र ललितपुरमा एकएक जना रहेका छन् ।

भूकम्प पिडितको उद्धार राहतमा नेपाल प्रहरीका ३३ हजार ४९९ जना खटिएपनि २५० जना बिशेष तालिमप्राप्त जनशक्ति पाँच टोली बनाई उद्धारमा खटिएका प्रहरीले जनाएको छ ।

सोर्स-अनलाईन खबर

from Taja News Online http://ift.tt/1E0zLtN
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.