Loading...
Loading...
बिषय: इतिहास कोर्ने हिम्मत गर्नुस
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...



            डा. अम्बरिश पोख्रेल
            डा. भगवती कुँवर पोख्रेल 
विपतिको एउटा सामान्य नियम र अनुशासन के हो भने सुरुका दिनमा मृतक, घाइते र घरबार विहीनहरुको सहि व्यवस्थापन भौतिक र मानसिक रुपमा गर्नुपर्ने हुन्छ । ठिक त्यही समयमा यदि कसैले यो कुरालाई सामान्य सम्झने र त्यो अनुशासनको आचरण देखाउँ भने सिधा के बुझ्न सकिन् भने त्यो मान्छे वा संस्था वा समूह त्यो विपत्तिप्रति संवेदनशील छैन । अर्थात उसको भित्री मनमा त्यो समवेदना उत्पन्न भएको छैन । त्यो चाहेर आउने होइन, स्वभाविक रुपमा आउने कुरा हो । जसलाई बदल्न सकिन्छ तर झकझकाउने कुनै माध्यम वा संस्था चाहिन्छ । अहिलेको अवस्थामा मिडिया एउटा दह्रो संस्था हो । यहाँ हामी त्यही कुराको अपिल गर्ने छौँ । जसले हाम्रो सिंगो देश सधै र सवैको लागि जुरुक्क उठ्ने छ । के हामी त्यो नगर्ने ? यो राष्ट्रिय विपत्तिको समापन गौरवमय इतिहासको सुरुवात किन नगर्ने ? हामी लाखौँ लाख जनता यो राष्ट्रिय विपत्तिको समापन गौरवमय इतिहासको सुरुवातको रुपमा ग्रहण गर्न चाहन्छौँ । हामी जनतालाई साथ दिनुहोस महोदयहरु, तपाईहरु हाम्रो अभिभावक हो । हामीलाई तपाईहरु नै मान्य छ । त्यो मान्यतालाई अव अरु गौरवमय बनाउने आँट गर्नुहोस । आउनुहोस, इतिहास लेख्नुहोस महोदयहरु । नेपालमा आएको भुकम्प पीडितहरुको सहयोगार्थ विभिन्न देशबाट भुकम्प विज्ञ, प्राकृतिक तथा दैवी प्रकोप उद्दार विशेषज्ञ र डाक्टर नर्सहरुको टोली मात्र होइन, विभिन्न प्रकारका अरु विशेषज्ञहरु हतारहतार आउँदैहुनुहुन्छ ।  के सहयोग चाहियो भन्नुहोस सकेको दिने छौँ वा दिन्छौँ भन्ने हितैसीहरुको ओइरो लागेको छ । लाग्नु स्वभाविक नै हो । मानवजातिको यस्तो विपत्तिमा हातेमालो नगरे के मा गर्ने त ? यो समयमा आशु नबगे कहिले बग्छ होला त ? यो समय नेपालको समय हो । यो समय नेपाली जनता अस्पताल र चौरमा सुत्नेहरुको लागि हो । अबको केही दिन यहाँ मानवीय नोक्सान र घाइतेको उपचार अनि चौरमा सुत्केरी हुन विवस ति महान आमाहरुको लागि हो र हुनुपर्छ पनि । तिनीहरुको अहिलेको प्राथमिकता के हो ? त्यो हाम्रो चासो हुनु र देखाउनु जरुरी छ । यसमा दायाँबायाँ गर्ने कुनै ठाउँ छैन होला ।  हजारौँको संख्यामा भएको मानवीय नोक्सान र घाइतेहरुले बेहोरेको पीडा अनि खुल्ला आकाशमा बस्नु परेका ति हजारौँ बालबालिकाको पीडा र त्यसबाट हुन सक्ने सम्भावित संक्रमणहरुलाई छाडेर अरु कुरातिर मान्छेहरुको ध्यान मोड्नु किमार्थ राम्रो होइन । कम्तिमा पनि केही दिनको लागि नै त्यो प्रमुख हो । अरु तपशिलका कुरा हुन ।  अरु राष्ट्रको विपत्ति र त्यसको व्यवस्थापनले यहि कुरा मात्र देखाउँछ । के हामी पनि त्यही गर्दैछौँ कि छैनौँ होला । हामीले आफैँ विचार गर्नुपर्ने समय हो यो । जनताले के चाहन्छन, त्यो हाम्रो सरोकार हो र हुनुपर्छ । तर सम्झनुपर्ने कुरा के छ भने त्यो हुनका लागि हामीसँग केही कमनसेन्स चाहिने हुन्छ । त्यो कमनसेन्स विवेकशील मान्छेसँग मात्र हुन्छ । स्मरण गर्नुपर्ने कुरा के छ भने कसैले धेरै किताव पढेकोमा त्यो मान्छे विवेकशील हुन सकछ भन्ने हुँदैन । हामीले त्यो रुपमा बुझ्नु पनि हुँदैन । कुनै ठूलो पदमा छ भनेर विवेकशील हुने हैन । विवेक छ या छैन उसको बोली व्यवहार, चालचलन, काम गराई र उसको दैनिक आचरणले देखाउने गर्दछ । 
यो समयमा हामी जनताका नेताहरु, हाम्रा प्रशासकहरु, हाम्रा ठूलठूला देशका अभिभावकहरु के के गर्दै हुनुहुन्छ होला हामीलाई थाहा हुने कुरा भएन । तर हामी लाखौँ लाख जनताको भौतिक र मानसिक नोक्सान भएको अवस्थामा उहाँहरुको योगदान कता छ ? के गर्दै हुनुहुन्छ ? त्यो हामीलाई जान्ने अधिकार छैन भने पनि सही । तर हामीलाई त्यसको चासो छ । दुई हात जोडेर हामी सोध्न चाहन्छौँ कि मेरा देशका राष्ट्रप्रमुखदेखि भुपु प्रधानमन्त्रीहरु हामीलाई मलम लगाउन कहिले आउनुहुन्छ ? हाम्रो बारेमा कहिले आपतकालिन गोष्ठी गर्दै तपाईले भोग्नु भएको सुविधान कटौती नगरी हाम्रो सेवा गर्नुहुन्छ ? तपाईहरुको सेवा कटौती गर्दै नगर्नुहोस महोदय, हामी त्यो माग गर्दैगर्दैनौँ । बरु थपे पनि सही । तर हामी तपाईहरुलाई हाम्रो अस्पतालमा देख्न चाहन्छौँ । खुल्ला चौरमा हामी सुत्केरीहरुले र हाम्रा नाबालकले तपाईहरुको माया खोजिरहेका छन ।
हाम्रो पीडा सही नसक्नु छ । त्यो पीडा कहाँ बताउँने ? यस्तो बेलामा सिंगो राष्ट्रको बागडोर सम्हाल्नुभएका हाम्रो देशको नायक राष्ट्रपतिदेखि लिएर गतवर्ष मात्र निर्वाचित ६०१ जना सभासदहरु कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? हामीले तपाईहरुको रेखदेख गरेको हो । तर अहिले हाम्रो रेखदेख गर्नुहोस । छिटो गर्नुहोस । हामीले तपाईहरुको कुनै पनि सुविधा रोकेका थिएनौँ र रोक्ने छैनौँ । तर खोई त हाम्रो लागि ? तर हामी असन्तोषी पनि छैनौँ है । हाम्रो लागि तपाईको उपस्थिति काफी छ । अहिले विभिन्न देशबाट चिकित्सकहरु नेपालमा आइरहेका छन । तर हाम्रा चिकित्सकहरु के गर्दैछन ? दिनभरी हस्ताक्षर गर्दै फुर्सद छैन हो ? दिनभरी त्यस्तो के कागजमा हस्ताक्षर गर्दै हुनुहुन्छ ? कार्यकारी त प्रधानमन्त्री हुनुहुन्छ । उहाँ अलि उमेरको पनि हुनुहुन्छ । उहाँलाई हस्ताक्षरको जिम्मा दिने गरौँ । तर हाम्रा सम्माननीय राष्ट्रपति महोदय, दुई हात जोडेर बिन्ती गर्छौँ । अब हातमा स्टेथेस्कोप बोकेर खुल्ला चौर वा अस्पताल आउनुहोस । तपाई जनताको छोरो बनेर आउनुहोस या राष्ट्रपतिको रुपमा आउनुहोस । दुवै रुपमा स्वागत छ । तपाई जनताको छोरो नै हो नि हैन र ? त्यही भएर हामीलाई तपाईको जरुरी छ । हाम्रा चराइरहेका घाउहरुमा मलम लगाउनुहोस । श्रीमान दिनभरी हस्ताक्षर गर्दैमा फुर्सद छैन भने साँझ एक वा दुई घण्टा विरामीको उपचार गरेर जनताको मनोबल उकास्नुहोस । महोदय, यो समय हजारौँको होइन कि लाखौँको मनोवल उकास्ने समय हो । तपाईको आगमनले अरु हजारौँ डाक्टरहरुले दिनको १२ घण्टा समय छोडेर १८ घण्टा काम सुरु गर्नुहुनेछ । के त्यो नगर्ने महोदय ? किन नगर्ने ? कसले गर्ने ? कहिलेदेखि गर्ने ? सम्माननीय राष्ट्रपति महोदय , तपाई जुन जुन अस्पतालमा जानुहुनेछ, त्यहाँका विरामीको सय प्रतिशत मानसिक तनाव घट्ने छ । आउनुहोस महोदय, कृपया आउनुहोस । तपाई हाम्रो अभिभावक हो र मानेका पनि छौँ । किन नआउने ? सुरक्षाको चिन्ता छ भने हामी मृतक र घाइतेका परिवारले सुरक्षा दिने छौँ । त्यो धेरै सुन्दर हुनेछ । त्यो इतिहास हुनेछ । के त्यस्तो इतिहास नलेख्ने महोदय ।  जव तपाईले त्यो गर्नुहुनेछ । सिंगो हाम्रो देश जुरुक्क उठ्न थाल्ने छ । त्यो उठान हामीलाई चाहिएको छ । सहयोग रकम देखि  लियर अरु कुराहरु हिनामिना हुन् सुरु भयो रे ! अव यही निहु झिकेर सुरु गर्नुहोस महोदय, भ्रष्टाचार नियन्त्रण अनि नयाँ नेपाल ।



from Taja News Online http://ift.tt/1P5DDQj
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.