Loading...
Loading...
भूकम्पमा कता हराए अर्बौ कमाउने बैंकहरु ? निजी कम्पनीले राहत घोषणा गरिरहँदा पब्लिक कम्पनीको संवेदना खै ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१७ वैशाख, काठमाडौं । महाभुकम्पपछि विभिन्न देशी-विदेशी संस्थाहरुले करिब १० अर्ब रुपैयाँ आर्थिक सहायताको घोषणा गरिसक्दा पनि एकाध बाहेक अर्बौ नाफा कमाउने बैंकहरु चुपचाप बसेका छन् ।

भूकम्प आएको सात दिन वितिसक्दा पनि आधा दर्जन वाणिज्य बैंकले मात्रै आर्थिक सहायताको घोषणा गरेका छन् । मुलुकमा ३० वाणिज्य बैंक सञ्चालनमा छन् । जसमा सर्वसाधारणको अरबौं रुपैयाँ सेयर लगानी छ भने साढे १२ खर्ब रुपैयाँ निक्षेप छ ।

बैंक भनेको प्रवर्द्धक र सञ्चालकको पैसाले मात्र चल्ने नभई सर्वसाधारण निक्षेपकर्ताको पैसाले चल्ने संस्था हो । अधिकांस बैंकमा ४० देखि ४९ प्रतिशतसम्म सर्वसाधारणको र बाँकी लगानी प्रवर्द्धकहरुको छ ।

निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले १० करोड रुपैयाँ सहायताको घोषणा गर्‍यो । त्यस्तै, उद्योग परिसंघ, चेम्बर अफ कमर्शले पनि राहतका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

प्रहरीको फरार अभियुक्तिको सूचीमा रहेका उद्योगी राजेन्द्र खेतानले पनि १० करोड रुपैयाँ राहतको घोषणा गरिसकेका छन । तर, पब्लिक कम्पनी वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले अहिलेसम्म मुख खोलेको छैन ।

अन्य समय एउटा कम्यूटर र १० वटा टिसर्ट दिएर कर्पोरेट सोसियल सेस्पोन्सबिलीटी भन्दै प्रचार गर्ने बैंकहरुले चरम संकटमा राहतका ठोस कार्यक्रम ल्याएका छैनन् ।

गत आर्थिक वर्षमा १० वटा बैंकले एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका थिए । बैंकहरुले चालू आर्थिक वर्षको पुस मसान्तमा गत वर्षको सोही अवधिकोभन्दा करिब १५ प्रतिशतले नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

क-कसले राहत दिए ?

हालसम्म राष्ट्रिय वाणिज्य बैंकले १ करोड, इन्भेष्टमेन्ट बैंकले १ करोड, प्रभू बैंक तथा समूहले १ करोड, ग्लोवल आइएमइ बैंक तथा आइएमइ समुहले २ करोड र लुम्विनी बैंकले १ करोड रुपैयाँ, कृषि विकास बैंकले ५० लाख रुपैयाँ राहतको घोषणा गरेका छन् । यस्तै सञ्चुरी बैंकले १० लाख रुपैयाँ प्रदान गर्दै राहत कोषका लागि आह्वान गरेको छ ।

गत आर्थिक वर्षमा नविल, इन्भेष्टमेन्ट, राष्ट्रिय वाणिज्य, एभरेष्ट, कृषि विकास, स्टान्डर्ड चार्टड, हिमालयन, ग्लोबल आइएमई बैंकले एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका थिए ।

धेरै कमाउने बैंक नै चुपचाप

सबैभन्दा बढी नाफा कमाउने नविल बैंकले अहिलेसम्म राहतको घोषणा गरेको छैन् । नविल बैंकमा फोर्ब्सको सूचीमा परेका एकमात्र नेपाली अरबपति विनोद चौधरी र उनको घरानाको २० प्रतिशतभन्दा बढी लगानी छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको नविलले गत वर्ष २ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

भारतीयको संयुक्त लगानीमा रहेको
ले पनि ९२ करोड रुपैयाँ नाफा कमाएको थियो । तर, सो बैंकले अहिले भूकम्प पिडीतलाई राहत दिनुको सट्टा राहत खाता खोलिएको बक्तब्य प्रकाशित गरेको छ । त्यस्तै आधा दर्जन बैंकल राहत खाता खोलिएको भन्दै बक्तब्यमात्र जारी गरेका छन् ।

यी बैंकले राहत खातासम्म खोलेनन्

एनआइसी एसिया, जनता बैंक, एनएमबि बैंक, सानिमा, प्राइम, सिटिजन, एनबी, बैंक अफ काठमाडू, सिद्धार्थ, एनसीसी, कुमारी, सिभिल, सेञ्चुरी, सनराइज, लक्ष्मी, ग्राण्ड, नेपाल बैंकले राहत र राहत खाताको घोषणा गरेका छैनन् ।

३० वटा वाणिज्य बैंकसहित देशभर विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त विकास बैंक गरी अढाइ सय भन्दा बढीको संख्यामा सञ्चालनमा छन् ।

तर, सानै भए पनि सांगि्रला विकास बैंकले गत सोमबार १३ लाख रुपैयाँ राहतको घोषणा गरेको छ । संवभवत यो नै बैंक सबैभन्दा पहिलो राहत घोषणा गर्ने बैंक हो । त्यसयता आधा दर्जन जति विकास बैंकले राहतको घोषणा गरेका छन् ।



from Taja News Online http://ift.tt/1Jc1P1S
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.