Loading...
Loading...
'जँड्याहा रोनाल्डो'
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
'जँड्याहा रोनाल्डो'स्पेनको शीर्ष लिग फुटबल टुर्नामेन्ट ला लिगा को हिंसाविरोधी समितिले लेवान्टे र बार्सिलोनाविरुद्ध छानबिन गर्ने निर्णय गरेको छ। रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कथित रूपले अपमानित गर्ने उद्देश्यले बनेको एक गीतका कारण यो निर्णय गरिएको हो। समाचार एजेन्सी सिन्ह्वाका अनुसार, लेवान्टे र बार्सिलोनाबीच भएको ला लिगाको म्याचका क्रममा दर्शकको एक समूहले यो गीत गाएको थियो– 'ऊ त जँड्याहा हो, क्रिस्टियानो एक जँड्याहा हो।'



भनिन्छ, दर्शकद्वारा गायिएको यो गीत केही घण्टाअघि रोनाल्डोको ३० वसन्त पार भएको अवसरमा आयोजित जन्मदिन पार्टीबारे थियो। रियल म्याड्रिडको पछिल्लो साता ला लिगामा एथलेटिको म्याड्रिडबाट बेहोरेको हारपछि रोनाल्डोको जन्मदिवसको यस पार्टीमा धेरै विवाद भएको थियो। म्याचका क्रममा स्टेडियममा उपस्थित ला लिगा पर्यवेक्षकको भनाइअनुसार उनीहरूले खेलको ६५ औँ मिनेटमा यस किसिमका हल्ला सुने। यस गीतलाई दुईजनाले गाइरहेका थिए।



जाँचपछि यदि यो कुरा सत्य भयो भने बार्सिलोनामाथि जरिवाना लाग्न सक्छ। साथै, यदि कुनै दर्शक दोषी पाइयो भने ऊमाथि पनि जरिवाना लाग्नेछ र उसलाई स्टेडियम प्रवेशमा प्रतिबन्ध लगाइनेछ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1BNQ2aw

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.