Loading...
Loading...
बुढेस्कालमा सकियो आर्यनको ‘होमवर्क’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं,७ फागुन । निकै महंगो खर्चमा निर्माण भएको निरक पौडेलको निर्देशनमा तयार भएको फिल्म होमवर्कको इण्डक्ल्याप गरिएको छ । अर्थात चलचित्रको सम्पुर्ण छायांकन सकिएको छ । निर्माणयूनिटले चितवनमा अन्तिम छायांकन गदैं चलचित्र होमवर्कको इण्डक्ल्याप भएको जानकारी दिएको छ । सही होमवर्क गरेमा मात्र आफ्नो गन्तव्यमा पुग्न सकिन्छ भन्ने भनाईका साथ निर्माण गरिएको होमवर्कमा आर्यन सिग्देल दोहोरो भूमिकामा देखिएका छन् भने गौरी मल्ल, नम्रता श्रेष्ठ, विजय लामा, जिपी तिमिल्सना लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । चलचित्रमा नायक आर्यन बृद्धको गेटअपमा समेत प्रस्तुत भएका छन् ।


15021723unnamed विविध कारणहरुले पछिल्लो समय निकै प्रतिक्षित बनिरहेको होमवर्कको अधिकांश छायाँकन सेट लगाएरै बालाजु स्थित नेपाल चलचित्र विकास कम्पनीको स्टुडियोमा होमवर्कका लागि भिन्न भिन्न सेट लगाइएको थियो भने पोखरा, नारायणघाट लगायतका स्थानमा पनि सेट लगाएरै चलचित्र होमवर्क खिचिएको थियो । सेट लगाउँदा बजेट केही बढ्न सक्ने भए पनि त्यसले गुणस्तरिय सिनेमा निर्माणमा अर्थ राख्ने भएकोले यसो गरिएको निर्माण संस्थाले जनाएको छ । निर्देशक निरक पौडेल चलचित्र आफ्नो कडा होमवर्ककको प्रतिफल भएको बताउँछन् । गोपीकृष्ण मुभिजको व्यानरमा उद्धव पौडेलको प्रस्तुति रहने होमवर्कलाई निकिता पौडेल, निरज पौडेल र निरक पौडेलले निर्माण गरेका हुन । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन भने शिवम अधिकारीले होमवर्क लेखेका हुन ।






from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1BozWDx

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , , ,
Powered by Blogger.