Loading...
Loading...
भक्तपुरमा तीन श्रष्टा सम्मानित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भक्तपुर, २५ माघ । भक्तपुरमा साहित्यको विकासमा उल्लेख्य भूमिका खेल्दै आएको भक्तपुर साहित्यिक समाजले भक्तपुरमा तीन जना श्रष्टालाई सम्मान गरेको छ । भक्तपुर साहित्यिक समाजले भक्तपुर रेडक्रस भवनमा आयोजना गरेको सम्मान एवं कृति लोकार्पण कार्यक्रममा भक्तपुर सुडाल निवासी साहित्यकार हरिहर तिमिल्सना, चौतारा ८ सिन्धुपाल्चोकका साहित्यकार एवं कलाकार अमित घिमिरे र ईमाडोल २ ललितपुर बस्ने साहित्यका मणिराज सिंहलाई सम्मान गरिएको हो ।


kl कार्यक्रममा वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंगले तीनजनै श्रष्टाहरुलाई ताम्रपत्र सहित भादगाउँले टोपी र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

त्यसैगरि कार्यक्रममा साहित्यका ग्वंगले ७६ वटा गीत संग्रह भएको गीतकार सानु ऋक्षश्रीको गीत संग्रह आँसुको बगरको लोकार्पण गर्नुभयो । कार्यक्रममा साहित्यकार ग्वंगले साहित्यको विकास र साहित्यकारको सम्मानमा राज्यले उचित ध्यान पुर्याउनु पर्नेमा जोड दिुनुभयो ।

समाजका अध्यक्ष राजुराम मुनंकर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रमा भक्तपुर विकास सहयोग समितिका अध्यक्ष एवं कृष्णलाल प्रधान, सम्मानित श्रष्टाहरु तिमल्सिना, घिमिरे, सिंह, सृजना अभियानका अध्यक्ष एवं कथाकार धनमान श्रेष्ठ, गीतकार ऋक्षश्री, समाजका सचिव एवं साहित्यकार जितेन्द्र रसिक लगायतले साहित्यले देश परिवर्तनमा पुर्याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा गजलकार किस्मा किशोर, महाकवि चन्द्र प्रसाद न्यौपाने,कथाकार धनमान श्रेष्ठ, कवि व्रम्हप्रिय प्रेम स्वरुप, कवि पागल यात्री, गजलकार रविन स्नेही, कैलास प्रधानाङ्क र पूर्व सभासद प्रेम नारायण प्रेमी लाई भादगाउँले टोपी लगाएर सम्मान गर्नु भएको थियो ।






from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/16yNEGc

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , , ,
Powered by Blogger.