भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

युएई । नेपालको थारू समुदायमा प्रसिद्ध माघी यूएर्इमा रहेका थारू समुदायले पनि महोत्सवको रूपमा मनाएका छन् । थारू समुदायले हरेक माघे संक्रान्तिको दिन माघी मनाउँदै अए पनि यूएर्इमा रहेका थारू समुदायले अाफूहरूको अनुकुलतामा कार्यक्रम गरेका हुन् ।
प्रवासी थारू समाज यूएईले शुक्रबार तेस्रो बार्षिक भेला तथा माघी पर्व विविध सांस्कृतिक कार्यक्रम गरी माघी मनाएका हुन् ।
दुबईको एभरेष्ट होटेलमा मनाइएको उक्त बार्षिक भेला सहितको माघी कार्यक्रममा आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डीआर गुरुङको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा, प्रवासी नेपाली मंच युएई, जनप्रगतिशील मंच यूएई, नेपाली समाज यूएई तथा एनआरएन लगायत, बिभिन्न क्रियाशील जातीय र जिल्ला स्तरीय संस्थाका प्रमुखहरु पनि अतिथिका रुपमा निम्त्याइएका थिए ।
कार्यक्रममा संस्थाकै प्रबक्ता रामप्रसाद महतोले माघी पर्बको विशेषताकोबारेमा बताउदै थारु समुदायले माघीको अवसरमा बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने, यसरी बितेको वर्षको समिक्षा र आगामी वर्षको योजना पारिवारिक र गाउँस्तरमै बसेर बनाउने चलन रहेको बताए ।
यस दिन हरेकको घरमा मिस्ठान्न भोजनमा सुंगुर, माछा, खिचडी, ढिकरी र कुखुराको मासु पाकेको हुन्छ। वर्षको अन्तिम दिन भएको हुनाले मिठो खाँदै मनोरञ्जन गर्ने चलन छ। यसैदिन घर घरपरिवारमा पनि अघिल्लो बर्षभरी गरेको कामको समीक्षा र आउँने बर्षको लागि सरसल्लाह हुने गर्दछ।
अहिले कमैया, कमलरी राख्ने कार्यलाई सरकारले नै निषेध गरेको जनाउँदै उनले भने थारु जाति भनेको नेपालका भुमिपुत्र हुन, अब थारुहरु माथि उठेको अबस्था छ प्रगतिसिल काममा अग्रसरता लगायत विभिन्न ब्यवसायमा लगानीको पनि अग्रसरता बढेको छ त्यसैले आफूले जानेको सीपलाई आफ्नो देश बिकाशमा खर्चिनु पर्ने भन्दै सबै जात जाति, समुदाय,मिलेर देशको समुन्नत भबिस्यको कल्पना गर्ने हो भने देश, समाज अनि परिवारको सुखद भबिस्यको कल्पना गर्न सकिने बताए।
कार्यक्रममा थारु समाज यूएईलाई स्थापनादेखि नै यहाँसम्म आउन प्रेरणा, हौसल्लाको साथै सल्लाह सुझावसहितको उर्जा प्रदान गरेको भन्दै आदिबासी जनजाती महासंघ युएईका निवर्तमान अध्यक्ष तथा बर्तमान सल्लाकार, नेपाल मगर संघ युएईका लागी अन्तर्राष्ट्रिय प्रतिनिधि तथा प्रवासी नेपाली मंच यूएईका उपाध्यक्ष गीरमान थापामगरलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। नेत्र थनेतको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन मान महतोले गरेका थिए।
किशोरकुमारको अध्यक्षतामा नयाँ कार्यसमिति
बार्षिक भेलाले आगामी २ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । उक्त समाजमा किशोरकुमार चौधरीको अध्यक्षतामा १६ सदस्यिय समिति निर्बिरोध चयन गरेको छ । नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा दीपेन्द्रराज थनेत, द्वितीय उपाध्यक्षमा जुगराम थारु, महासचिबमा मानबहादुर महतो, सचिब रुपेश चौधरी, कोषाध्यक्ष वासुदेव चौधरी, सह-कोषाध्यक्ष धर्मराज महतो, प्रबक्ता खेमनारायण महतो चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सपना चौधरी, राखी चौधरी, माहि चौधरी, रुक्मिणी चौधरी, बलबहादुर चौधरी, धर्मराज पावे, भागीराम चौधरी र तुलसी महतो रहेका छन् ।
नेत्रनारायण थनेत संरक्षक रहेको सो संस्थाको प्रमुख सल्लाहकारमा रामप्रसाद महतो र प्रवासी थारु समाज यूएईका नेपाल प्रतिनिधिमा भीमबहादुर महतो छन।
from Online Khabar » प्रवास http://ift.tt/1EEyPhb
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

