भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

६ माघ, काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले संविधान सभा जन्माउन मुलुकले अरबौं रुपैयाँ लगानी गरेकोले जनमतको सम्मान गर्दै राजनीतिक निकास निकाल्न दलहरुलाई आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लबमा मंगलबार भएको साक्षात्कारमा उनले बन्दले लगानीको वातावरण विगारेको र शेयर बजारलाई समेत प्रभावित पारेकोले अब जनतासँग माफी मागेर छलफलबाट निकास निकाल्न आग्रह गरे ।
पाण्डेले संविधानसभालाई तुहाउने हो भने ३ सय अरबको हिसाव सभासदहरुले दिनुपर्ने बताए । ‘संविधानसभाको लागि खर्च भएको रकम जलविद्युतमा लगानी भएको भए अहिले मुलुक लोडसेडिङको मारमा पर्ने थिएन,’ पाण्डेले भने, ‘संविधानसभालाई त्यसै तुहिन दिनु हुँदैन ।’
मुलुकमा २ सय २५ अर्व रुपैया विदेशी लगानी आउँदै गरेको अवस्थामा बन्दले प्रभावित गरेको भन्दै पाण्डेले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कुनै काम गर्न सुझाव दिए ।
पर्यटन ब्यवसायी राजेन्द्र बजगाईले संविधानसभा भित्र देखाईएको ताण्डव खेदपूर्ण भएको भन्दै ब्यवसायीहरुले यसको एक भएर प्रतिकार गर्ने चेतावनी दिए ।
from Online Khabar » समाचार http://ift.tt/1KXtVjJ
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

