Loading...
Loading...
जीमेललाई अमेजन र आउटलुकको चुनौती
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
gmail vs outlook



इमेल सेवामा एकछत्र राज गरिरहेको गुगलको ‘जीमेल’लाई चुनौती दिनेगरी यसैसाता एमेजन र माइक्रोसफ्टले बेग्लाबेग्लै घोषणा गरेका छन् ।

अमेजनले कर्पोरेट क्षेत्रका ग्राहकलाई लक्षित गर्दै इमेल सेवा थाल्ने घोषणा गरेको छ । ‘वर्कमेल’ नाम दिइएको यो इमेल सेवामा आफ्ना सहकर्मीवीच क्यालेन्डर सेयर गर्न तथा सुरक्षित मेल आदानप्रदानका लागि निकै उपयोगी हुने छ ।

अमेजनको क्लाउड कम्प्युटिङ युनिटले ल्याउन लागेको यो सेवाका लागि मासिक ४ अमेरिकी डलरबाट मूल्य सुरु हुने छ ।

यसैगरी माइक्रोसफ्टले शुक्रबारमात्रै आउटलुक मोबाइल एप्स सार्वजनिक गरेको छ । एन्ड्रोइड र एप्पल स्टोरमा उपलब्ध यो एप्सले गुगल मेललाई सिधा चुनौती दिने छ ।

सत्य नादेला माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत भएपछि उनले कम्पनीको प्राथमिकतालाई कम्प्युटरबाट मोबाइलमा सिफ्ट गरेका छन् । यसको परिणाम हो- अन्य प्लेटर्फमममा पनि आउटलुकलाई उपलब्ध गराउनु ।

आउटलुक एप्समा अन्य प्रतिस्पर्धी इमेल सेवाको एप्समा भन्दा केही रोचक र नयाँ बिशेषताहरु थपिएका छन् । ‘माइक्रोसफ्ट आउटलुक प्रिभ्यु‘ नाम दिइएको यो एप्समा फोकस्ड इमेल सेवा, क्यालेन्डर सेयर, ड्रपबक्स, वन ड्राइभ र गुगल ड्राइभबाट सहज अट्याचमेन्ट लगायतका सुबिधा रहेका छन् ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/16dKoAH

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.