Loading...
Loading...
एमाओवादीले सुविधाभोगी नेतालाई गाउँ पठाउने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

maoist-flag

एमाओवादीले सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिने आन्दोलन सशक्त पार्न नेताहरुलार्इ जिल्ला पठाउने निर्णय गरेको छ ।

सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले आफूहरुको आन्दोलनमा जनता नआएको निष्कर्ष निकालेपछि सो निर्णय गरेको हो ।


बैठकले पोलिटब्युरो र केन्द्रीय सदस्यहरुलाई प्रत्येक जिल्ला र क्षेत्रतसम्म पठाएर जनतालाई सहमतिका आधारमा संविधान बन्न नसक्नुको कारण बारे जानकारी गराउने निर्णय गरेको छ ।

एमाओवादीका राज्य समितिका इन्चार्जले जनता सडकमा नआएको रिपोर्टिङ गरेपछि त्यसको विषयमा केन्द्रीय कार्यालयले ठोस अवधारणा तयार पारेर केन्द्रीय नेतालार्इ जिल्लादेखि गाउँसम्म पठाउने निर्णय गरेको प्रवक्ता दीनानाथ खतिवडाले जानकारी दिए ।


विगतका सहमति तथा सम्झौताका आधारमा सत्तारुढ दल संविधान निर्माणमा तयार नभएको ठहर गर्दै एमाओवादीले जिल्ला र क्षेत्रमा आफ्ना धारणा राख्न लागेको प्रवक्ता शर्माले बताए ।


केन्द्रीय कार्यालयको बैठक बसेका कारण केन्द्रीय समितिको बैठक बस्न नसकेको जानकारी दिँदै प्रवक्ता शर्माले आइतबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्ने बताए ।


एमाओवादीको संसदीय दलले यसअघि नै आफ्ना सांसदलाई जिल्ला जान निर्देशन दिइसकेको छ ।






Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/16dHs7d

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.