कहिल्यै थाक्दैनन् चेपाङ अगुवा
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
उमेरले ७ दशक पार गर्योे। रोगले च्यापिरहेको छ। बुढ्यौलीले छोएको छ। तर जोसमा कमी छैन। सामाजिक कार्यमा निरन्तर खट्ने मकवानपुरको काँकडा ४, मैसिराङका भविकन चेपाङ हुन्। ढाका टोपी लगाएर हिँड्ने ६७ वर्षीय चेपाङको आर्थिक अवस्था अरू चेपाङको जस्तै कमजोर भए पनि उनमा सामाजिक भावना बलियो छ।
मुलुकमा बहुदल स्थापनासँगै स्थानीय निर्वाचनमा गाविस उपाध्यक्ष्ा भएका थिए। उनी चेपाङका अध्यक्ष्ा थिए। उनीहरूका समस्या समाधान गर्थे। त्यति बेलासम्म चेपाङ नेपाली भाषा बुझ्दैनथे। 'भाषाका कारण गाविस अध्यक्ष्ा र सचिवसँग चेपाङको कुरा हुँदैनथ्यो', भविकनले भने, 'उनीहरू समस्या मसँग मात्र राख्थे, अरूसँग बोल्न डराउँथे।' निर्वाचनमा पदाधिकारीमा विजयी उनी मात्र थिए। त्यतिबेला उनको सक्रियतामा गाविसमा ३ वटा प्राथमिक विद्यालय स्थ्ाापना गरेको र चेपाङ बस्तीमा पानीको सुविधा पुर्याएका थिए।
जिविसका सभापति र शिक्ष्ाा अधिकारीलाई भनेर पानी र स्कुलको व्यवस्था गरेको उनले बताए। बालबालिका स्कुल जाँदैनथे। त्यसपछि स्कुल जान थालेको उनको दाबी छ। सधैं छाता कठालामा भिरेर हिंड्ने उनीे उपाध्यक्ष्ा भएपछि चेपाङ कार्यालयमा आउन थालेका हुन्। गाविस कार्यालयबारे जानकारी छैन। 'भविकन गाविसको निवर्ाचनमा उपाध्यक्ष्ा जितेपछि चेपाङ गाविसमा आउन थालेका हुन्,' तत्कालीन गाविस अध्यक्ष्ा होमबहादुर तितुङले भने, 'गाविसका चेपाङलाई कार्यालयसम्म ल्याउनुमा भविकन दाइको ठूलो भूमिका छ।'
शारीरिक अशक्तता भए पनि उनी अहिले विकास निर्माणकार्य होस् वा समुदायको काममा खटिने गरेका छन्। उनी भन्छन्, 'हाम्रो सक्कली थर च्योबाङ हो, च्योवाङबाट अपभ्रंश भएर चेपाङ हुन पुगेको हो।' ३ श्रीमतीका पति उनी समुदायका नथाक्ने अगुवा हुन्। यस समुदायबाट विदेश जाने पहिलो व्यक्ति उनी हुन्। त्योभन्दा अघि मुलुकका कुनै पनि चेपाङले विदेश जाने अवसर पाएका थिएनन्। ११ छोरा र ८ छोरीका बाबुका ३ श्रीमतीमध्ये कान्छी श्रीमती मात्र साथमा छिन्। छोराछोरी, नातिनातिना र पनाति तथा पनातिनी गरेर १ सय ४ जना छन्। सबैलाई चिन्दैनन्। कान्छी श्रीमती र उनको उमेर २३ वर्षको फरक छ।
चेपाङको पहिचानका रूपमा रहेको जाबी झोला सधैं भिरेर हिंड्छन्। संविधान नबनेकामा चिन्तित छन्। संविधान बनेको भए गाउँको चुनाव हुन्थ्यो र विकास पनि हुन्थ्यो भन्ने उनलाई लागेको छ। पार्टीका नेताहरू नमिलेका कारणले गाउँलेले दुःख पाए भन्ने उनको ठम्याइ छ। कान्छी पत्नीका २ छोराका साथमा बसेका उनलाई आफ्नो उत्पादनले ६ महिना खान पुग्दैन। करिब ६ महिना उनी जंगली कन्दमूलमा निर्भर रहने गर्छन्। हेटौंडा-नारायणघाट सडक खण्डमा पर्ने मनहरी बजारबाट ४ घन्टा पैदल हिंडेपछि भविकनको घरमा पुगिन्छ। कुनै पनि बेला पहिरोको सिकार हुने गरी भिरालो स्थानमा भविकन बासस्थान छ। गाउँ पुगेका सञ्चारकर्मीलाई हाँस्दै उनी भन्छन्, 'ओरालो, भिरालो, ओडार र जंगलमा बस्ने भएर पो चेपाङ भनेको।'
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1ymGEno
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
