भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

राजकुमार श्रेष्ठ
१६ पुस, काठमाडौं । सन् २०१५ को पहिलो दिनसँगै नेपाली क्रिकेट टीमले नयाँ यात्रा सुरु गर्दैछ, जसले नेपाली क्रिकेटको भविश्य निर्धारण गर्नेछ ।
सन् २०१४ नेपाली क्रिकेटका लागि समग्रमा राम्रो रहृयो । नेपालले पहिलो टी-२० विश्वकपमा तारिफ योग्य प्रदर्शनदेखि डिभिजन थ्रीको जित हात पर्यो । यद्यपि गत वर्षको सुरुमा नै भएको एकदिवसीय विश्वकप छनोट भने बिर्सनलायक रहृयो ।
नेपाललाई कम्तिमा उपाधिसँगै वन डे स्टाटस दिलाउने लक्ष्यसहित नेपाली टोली विश्व क्रिकेट लिग डिभिजन-२ को यात्रा थाल्दैछ । तर, यो लक्ष्य त्यही सजिलो छैन ।
दक्षिण अफ्रिकामा केही दिन अभ्यास गरेर नामिबिया पुग्ने नेपाली टोलीसामू ठूला चुनौतीहरु हुनेछ । यसअर्थमा नामिबियामा नेपाली क्रिकेटको वास्तविक परीक्षा हुनेछ ।
नेपाली टोलीका कप्तान पारस खड्कासहितका टोलीका सदस्यहरु भने उपाधि जित्नेमा निकै आशावादी देखिएका छन् । ‘हामी सबैलाई यो प्रतियोगिता कत्तिको महत्वपूर्ण छ भनेर थाहा छ र हामीले हाम्रा विपक्षीहरुलाई पनि राम्ररी बुझेका छौं ‘ खड्काले अनलाइनखबरसँग भने-‘खेलाडीहरुले आफ्नो क्षमता अनुसार चाहेको बेला खेल्ने हो भने हामी जित्न सक्छौं ।’
जनवरी १७ देखि २४ सम्म नामिबियामा हुने प्रतियोगितामा नेपाल र नामिबियासँगै नेदरल्याण्ड, केन्या, क्यानडा र युगाण्डाले प्रतिस्पर्धा गर्नेछन् ।
शीर्ष दुई टोली एकलिवसीय विश्व क्रिकेट लिग च्याम्पियनसिपसँगै चार दिवसीय अन्तरमहादेशीय कपका लागि छनोट हुनेछ । अन्य टीमहरुले आईसीसीको प्रतियोगिता खेल्ने पाउने छैनन् ।
नेपालले प्रतिस्पर्धा गर्नु पर्ने पाँचमध्ये चारवटा टोली नामिबिया, नेदरल्याण्ड, केन्या र क्यानडाले विश्वकप खेलिसकेका छन् र लगातार माथिल्लो स्तरको क्रिकेट खेलिरहेका छन् ।
गत जनवरीमा नेपालले न्यूजिल्याण्डमा एकदिवसीय विश्वकप छनोट खेलेको थियो । कम्तिमा नेपाललाई एकदिवसीय मान्यता दिलाउने लक्ष्यका साथ गएको नेपाली टोली ठीक विपरीत डिभिजन थ्रीमा घटुवा भएर फर्कियो ।
कप्तान पारस खड्का र ओपनर सुवास खकुरेल घाइते भएपछि नेपालीको ब्याटिङ चल्न सकेन । अभ्यासमा केन्यासँग हारेको नेपाल नेदरल्याण्ड र क्यानडासहित ५ खेलमा पराजित भयो । नवौं स्थानका लागि भएको खेलमा युगाण्डालाई हराउँदै नेपालले शान्त्वना जित हात पार्यो ।
नेपाल र युगाण्डा दुई महिनाअघि मलेसियामा डिभिजन थ्रीको फाइनल खेल्दै टुमा उक्लिएका छन् । लगातार दुईपटक डिभिजन थ्रीको उपाधि जित्दा हराएको युगाण्डासँग खेल्दै नेपालले नामिबियामा डिभिजन टुको यात्रा थाल्नेछ ।
मिड अडर र फिनिसिङ सुध्रियो ?
प्रशिक्षक पुबुदु दशानायकेका अनुसार नेपालले डिभिजन टू खेल्दै गर्दा न्यूनतम २ सय ५० रन बनाउने र त्यस अनुसार लक्ष्य भेट्टाउने क्षमता राख्नुपर्छ । बन्द प्रशिक्षणमा पनि पुबुदुले ब्याटिङ सुधारमा बढी जोड दिइरहेका छन् ।
‘ब्याटिङलाई लिएर बेला बेला आलोचना पनि हुने गरेको छ’ कप्तान खड्काले भने-हामी राम्रो क्रिकेट खेल्ल चाहन्छौं । हाम्रो क्षमता छ र राम्रो गर्न सक्छौं भन्ने विश्वास छ ।’
नेपालले मलेसियामा दुई महिनाअघि खलेको डिभिजन थ्री नै पछिल्लो ५० ओभरको खेल हो, जहाँ ब्याटिङ औसत रहृयो । श्रीलंका भ्रमणमा तीन दिवसीय खेल खेलेपछि वन डे खेल्न पाएन ।
कप्तान पारस पनि ब्याट्सम्यानहरुलाई चाहिने अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरको खेल हुन नसकेको स्वीकार गर्छन् ।
खाासगरी नेपालको ओपनिङ जोडी अपेक्षा अनुसार जम्न सकेको छैन भने मिड अडर र फिनिसिङ राम्रो हुन सकेको छैन । मिडअडर र फिनिसिङमा समस्या रहेको स्वीकार गर्दै बिनोद भण्डारी भन्छन्- ‘अब हामीले क्षमता अनुसार खेल्नुपर्छ ।’
विनोद आफूले पनि पछिल्लो समय रन बनाउन नसकेको भन्दै भन्छन्-मैले राम्रो रन बनाउन नसकेको धेरै भएको छ । अब रन हान्नु नै छ ।’
म्याच फिनिसरको भूमिका रहेका शदर भेसवाकर भने यो प्रतियोगिताप्रति आफू निकै आशावादी रहेको बताउँछन् ।
टी-२० विश्वकप छनोटमा उनको प्रदर्शन लोभलाग्दो थियो, जुन त्यसपछि देखिएको छैन । तर, सर्जरीपछि आफू पूर्णरुपमा फिट रहेको भन्दै उनले भने-‘मलाई त के लाग्छ भने यो पटक नेपाल टीमलाई नै हराउन गाह्रो छ जस्तो लाग्छ ।’
के भन्छन् बलरहरू ?
नामिबिया तीव्र बलरहरुलाई फाइदा हुने नेपाली टोलीको बुझाइ छ । नयाँ तीव्र बलर करण केसीलाई टीममा राख्नुले पनि यसलाई बुझिन्छ ।
सोमपाल कामी पहिलो राजाइमा पर्नेमा कुनै शंका छैन । पछिल्लो केही खेलमा ब्याटिङमा समेत जमेका उनी आफू अहिले बलिङमा बढी केन्दि्रत रहेको बताउँछन् । उनले भने-‘अहिले म बढी बलिङमै केन्द्रित भएको छु । मौका मिल्यो भने ब्याटिङ पनि गर्छु ।’
करणसँग अन्तराष्ट्रिय अनुभवको कमी छ । उनले श्रीलंका भ्रमणमा तीनदिवसीय खेलमा राम्रो प्रदर्शन गरे पनि औपचारिक प्रतियोगिता खेलेका छ्रैनन् ।
फास्ट बलर अमृत भट्टराईसँगै मध्यम तीव्र बलर कप्तान पारस खड्का, स्पीनर शक्ति गौचन, बसन्त रेग्मी र भुवन कार्की पनि नेपाली बलरको सूचीमा छन् ।
अनुभवी बलर शक्ति गौचन सुरुवात दुई खेलमा नेपाली ब्याट्सम्यानहरु चल्न सके नेपालले सफलता हात पार्ने बताउँछन् । ‘मुख्यतः खेलाडीको फर्म नै हो । खेलाडीहरुको प्रदर्शनमा कन्सिस्टेन्सी छैन । एउटामा राम्रो गर्यो भने अर्कोमा छैन’ उनले भने- ‘हामीले सुरुमा दुई खेलमा २५० रन कटाउन सक्यौं भने हामी जित्छौं । १८०, २१० मा समेटियो भने गाह्रो हुन्छ ।’
from Online Khabar » समाचार http://www.onlinekhabar.com/2014/12/224002/
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

