Loading...
Loading...
कोरियाको एयरपोर्टबाटै फर्काइँदै नेपाली
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

दक्षिण कोरिया : बिदा सकेर काममा फर्केका नेपालीलार्इ कोरिया प्रवेश गर्न लाग्दा ईन्चोन एयरपोर्टबाटै नेपाल फर्काइएको छ । रोगार अनुमति प्रणालीबाट कोरिया आएका नेपाली श्रमिकहरू बिदा सकेर पुन: कोरिया प्रवेश गर्न लाग्दा नेपाल फर्काईएका हुन् ।





उपचारका लागि दुई महिनाको बिदामा नेपाल गएका मोरङ्गका छवि लिम्बूलार्इ फर्केर आउँदा अध्यागमन विभागले कोरिया प्रवेश गर्न दिएन । कृषि काम गर्दै आएका लिम्बूलाई उनका मालिकले भिसा रद्ध गराईसकेको जानकारी अध्यागमन विभागलाई दिईसकेको कुरा अध्यागमले फर्काएपछि मात्रै उनले थाहा पाए ।





विदामा घर गएर फर्कँदा उनी अवैधानिक भईसकेका थिए । आफू निर्दोष भएको भन्दै उपचारका कागजात देखाउँदै पनि त्यहाँको अध्यागमनले उनलार्इ जबरजस्ती नेपाल फर्काइदिएको हो ।



आमाको निधन भएपछि बिदामा घर गएका तनहुँका राजन न्यैापाने ४० दिनको बिदा सकेर कोरिया फर्कँदा ईन्छन अध्यागमन विभागले छिर्न दिएन । कोरियाको फेन्थेक क्षेत्रको सिएनसी कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका न्यैापानेलाई कम्पनीमा काम नभएको जनाउँदै रोजगारदाताले भिसा रद्ध गराइदिँदा नेपाल फिर्ता हुनुपर्यो ।





लिम्बु र न्यैापानेजस्तै सन् २०१४ मा १२ जना बढी नेपालीहरू ईन्छन एयरपोर्टबाटै नेपाल फर्काईएको प्रवासी मजदुर सहयोग केन्द्रले जनाएको छ ।





तोकिएको समय भन्दा बढी बिदा बस्ने, कम्पनी मालिकसँगको समन्ध राम्रो नभएका, काम खोज्न दिएको तीन महिनाको अवधिभित्र नेपाल जाँदा रोजगार विभाग (नोदम्बु) लाई जानकारी नगराएकाहरु पुन कोरिया प्रवेश गर्दा रोकिएका हुन ।





कोरियास्थित नेपाली श्रमसहचारी अनिल गुरुङले यस्ता समस्या आउन नदिन श्रमिकहरू आफैँ सजग हुनुपर्ने बताएका छन् । आफू बिदामा जाने निश्चियत भईसकेपछि अनिवार्य विदा स्वकृत गराई सक्कलपत्र साथमा लिन गुरुङ्गको सुझाव थियो ।



यसैगरी रोजगार विभाग(नोदम्बु)ले काम खोज्न दिएको तीन महिनाको अवधिमा नेपाल जाने अवस्था आए रोजगार विभागलाई नेपाल जाँदै गरेको जानकारी अनिवार्य गराउनुपर्ने गुरुङले बताए ।





किम्हे प्रवासी मजदुर सहयोग केन्द्रका अधक्ष यज्ञराज सुबेदी कोरियामा रोजगारदाताको मनोमानी भएकाले नेपाली श्रमिकहरूले यस्ता समस्या झेल्नु परेको बताउँछन ।



किम्हे प्रवासी मजदुर सहयोग केन्द्रको सम्पर्गमा आएका ६ जना नेपालीलाई नेपाल फर्कनबाट रोकेको सुबेदीको भनाइ थियो ।





'कोरियन कानुनविदको सहयोगमा भिसा रद्ध गाउने मालिकलाई सम्पर्क गरी पुन: भिसा लगाई अवैधानिक हुनबाट जोगाएका छौं', सुवेदीले भने 'विदामा नेपाल गएको बेला कम्पनी नै बन्द भएपनि कोरिया प्रवेश गरी अर्को कम्पनीमा काम गर्न पाउने कानुनी अधिकार छ यसका लागि समन्धित देशको दूतावसले चासो लिनुपर्यो ।'



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wmWbRO

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.