किन घटबढ हुँदैछ कुखुराको मासुको मूल्य ?
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
१० पुस, काठमाडौं । पछिल्लो समय राजधानीमा कुखुराको मासुको मूल्यमा व्यापक उतार-चढाव आएको छ । कुखुराको आपूर्तिमा थपघट भएपछि मासुको मूल्यमा फरक आएको हो ।
मंसिरको २०/२५ तिर किलोको होलसेल मूल्य दुई सय रुपैयाँ रहेकोमा बिहीबार २ सय ३५ रुपैयाँ पुगेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर जीसीले बताए । बजारमा खुद्रा व्यवसायीहरुले भने यो भाउमा २० देखि ३० रुपैयाँ बढी लिएर उपभोक्तालाई बिक्री गर्छन् ।
अध्यक्ष जीसीका अनुसार पुस १ गते कुखुराको होलसेल मूल्य २ सय ३० रुपैयाँ प्रतिकेजी थियो । पुस ४ गते किलोको २ सय ५० रुपैयाँ पुगेको मासु ९ गते घटेर २ सय ३५ मा किनबेच भइरहेको छ ।
चर्चित मासु पसल आईकालुले बिहीबार कुखुराको मासु प्रतिकिलो २ सय ५५ रुपैयाँमा बिक्री गरिरहेको छ । बुधबार यही मासुको मूल्य किलोको २ सय ७० रुपैयाँ रहेको थियो ।
आईकालुका अनुसार गत हप्ता किलोको २ सय २५ रुपैयाँमा बिक्री भएको कुखुराको मासु त्यसयता १५/१५ रुपैयाँका दरले बढेर २ सय ७० पुगेको थियो । बिहीबार किलोमा १५ रुपैयाँ घटेपछि २ सय ५५ रुपैयाँमा झरेको छ ।
भारतीय चल्लाले नेपाली बजार प्रभावित
भारतबाट अवैधानिक रुपमा चल्ला भित्राएर किसानलाई बिक्री गरेपछि कुखुराको उत्पादन बढेको हुँदा बजारमा भाउ घटेको बताउँछन् हृयाचरी उद्योग संघ चितवनका अध्यक्ष ऋषिराम पौडेल ।
केही व्यवसायीहरुले भारतबाट चल्ला ल्याएर किसानहरुलाई बिक्री गरेपछि फार्म भरिन गएको थियो । जसले गर्दा उत्पादन त बढ्यो तर बाध्य भएर किसानले सस्तोमा बिक्री गर्नुपर्यो ।
जिउँदो कुखुरो किलोको १ सय ५० रुपैयाँ बिक्री गरिरहेका किसानले एकाएक उत्पादन बढेपछि किलोको एक सय रुपैयाँसम्म झरेर बिक्री गर्नुपरेको किसानहरूले बताए । त्यतिबेला राजधानीमा कुखुराको मासुको भाउ किलोको २ सय देखि २ सय २० रुपैयाँसम्ममा थियो ।
करिव ३ महिनादेखि कुखुराको मूल्य निरन्तर घटिरहेको बताउँछन् पौडेल । किसानलाई फाइदा हुनको लागि कम्तीमा पनि डेढ सय रुपैयाँदेखि २ सय रुपैयाँसम्म जिउँदो कुखुरा बिक्री गर्न पाउनुपर्छ ।
पछिल्ला दिनमा कुखुराको आपूर्ति घट्दै जान थालेपछि बजारमा भाउ बढ्न थालेको पौडेलको भनाई छ । अहिले हृयाचरी व्यवसायीहरुले जिउँदो कुखुरा किलोको डेढ सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/140EdPq
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement