Loading...
Loading...
बलिउडमा व्यापार घटेपनि सय करोड क्लबमा ९ फिल्म (तालिकासहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
100 cororसन् २०१४ को अन्त्यमा आइपुग्दा सम्म बलिउडले ९ वटा सय करोड माथिको व्यापार गर्ने चलचित्र पाएको छ । यो गतबर्षको भन्दा एकले बढी हो । गतबर्ष ८ वटा चलचित्रले बलिउडमा सय करोड क्लबको आँकडा पार गरेका थिए । यो बर्ष सलमान खानका २, साहरुख र आमिरका १-१ चलचित्रले सय करोड क्लबलाई पार गरेका छन् । यस्तै, ऋतिक रोशन, अजय देवगण, अक्षय कुमार, सिद्धार्थ मल्होत्रा र अर्जुन कपुरका चलचित्रले पनि सय करोड क्लबलाई पार गरेका छन् । यो बर्ष बलिउडका ३ खानको चलचित्रले २ सय करोड छुने देखिन्छ । साहरुख र सलमानले यो आँकडा पार गरेका छन् भने आमिर खानको ‘पीके’ यो दौडमा नजिक पुग्दैछ । नोभेम्बर र डिसेम्बर महिनाको मध्यसम्म प्रदर्शनमा आएका सबै चलचित्र असफल हँुदा बलिउडलाई ठूलो घाटा लागेको विश्लेषकहरु बताउँछन् । यो बर्ष अपेक्षा गरेका केही चलचित्र नराम्रोसँग चिप्लिए । साहरुख खानको ‘ह्याप्पी न्यू इयर’, सलमान खानको ‘जय हो’ले निर्मातालाई नाफा दिएपनि अपेक्षा गरे अनुसारको व्यापार गर्न सकेनन् । अजय देवगणको ‘एक्सन ज्याक्सन’, रणवीर सिंहको ‘किल दिल’, सैफअली खानको ‘ह्याप्पी इन्डिङ’ बक्स अफिसमा फेल खाए । यसले पनि डेढ महिना वितरक र हलवालाहरु निराश देखिएका थिए । बलिउडमा यो बर्ष १ सय ६० माथि चलचित्र प्रदर्शनमा आएका छन् । जसमध्ये ९ चलचित्रले सय करोड माथिको व्यापार गरेको छन् । गतबर्ष सय करोड माथिको व्यापार गर्ने चलचित्र यसप्रकार छन् : १.धुम ३ २.क्रिस ३ ३.चेन्नइ एक्सप्रेस ४.ए जवानी हे दिवानी ५.रामलिला ६.भाग मिल्खा भाग ७.ग्रान्ड मस्ती ८.रेश २



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wmW8W4

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.