Loading...
Loading...
संविधान जारी हुने दिन भगवानलाई पनि थाहा छैनः सुजता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
धनकुटा, पुस १६ – नेपाली कांग्रेसकी नेतृ सुजता कोईरालाले राजनीतिक दलहरु राष्ट्रियता र जनता भन्दा पनि दलिय भागभण्डामा लागेकाले संविधान जारी गर्न नसकेको आरोप लगाएकी छिन् ।



संविधान जारी हुने दिन भगवानलाई समेत थाहा नभएको उल्लेख गर्दै काग्रेस नेतृ कोइरालाले माघ ८ मा संविधान जारी हुने सम्भावना टर्दै गएकाले संविधान आउने टुंगो समेत हुन छाडेको बताइन् ।





नेपाल प्रेस युनियन धनकुटाले आज विहान धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलन बोल्नु हुदै नेतृ कोइरालाले सम्वाद समिति भित्र मधेसवादी दल र एमाओवादीले भागबण्डा खोजिरहेकाले सहमति जुट्न नसकेको पनि दाबी गरिन् ।



संविधान आए माओवादी र मधेसवादी दलको अस्तित्व संकटमा पर्ने भएकाले अस्थिरता सिर्जना गरेर मुलुकमा राजनीति गर्न खोजिरहेकाले आन्दोलनकारी दलहरु राष्ट्रपति र प्रधानमन्त्री पाए पनि संविधानका लागि सहमति नगर्ने पक्षमा रहेको नेतृ कोइरालाले आरोप लगाए ।



संविधानको लागि सहमतिको सरकार आवश्यक भएकाले एमाओवादी र मधेसवादीलाई सरकारमा ल्याउन प्रयास भइरहेपनि आन्दोलनको भुत चढेकाले सडकमा जान खोजिरहेको बताइन् । हिमाल, पहाड र मधेस सहितको थोरै प्रदेशको संघियता निर्माण गर्नुपर्ने भएकाले कांग्रेसले कुनै हालतमा कम्प्रमाईज नगर्ने र बहुमतबाट भएपनि निर्णय गराई छाड्ने नेतृ कोईरालाले बताइन् ।



कांग्रेस भित्रको गुटको राजनीतिले असल कार्यकर्ताहरु बाहिरिने क्रम सुरु भएकोले गुट निरुत्साहित गर्न आफुले सक्दो प्रयास गरिरहेको बताउँनुभयो । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता छानविनको क्रममा तेह्रथुमबाट फर्कदै गरेकी नेतृ कोइरालाले सहमति नै सफलताको कडी भएकोमा जोड दिइन् ।



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_3221.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.