पहिलो टेष्टट्युब बेबीले जन्माइन् छोरी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
एजेन्सी – दक्षिण भारतमा २४ वर्ष अगाडी कमला रत्नमको जन्म भएको थियो । उनी दक्षिण भारतकी नै पहिलो पहिलो टेस्ट ट्युब बेबीका रुपमा जन्मिएकी थिइन् । २४ वर्षपछि उनी आफैँ आमा बनेकी छिन् । अझ रोचक कुरा त के छ भने २४ वर्ष अगाडी कमलालाई जुन डाक्टरको रेखदेखमा जन्माइएको थियो कमलाले पनि तिनै डाक्टरको रेखदेखमा आफ्नो छोरी जन्माएकी छिन् । चेन्नाईको जिजी नाम गरेको अस्पतालमा कमलाले छोरीलाई जन्म दिएकी थिइन् । पाँच महिना अगाडी जुलाईमा छोरीलाई जन्म दिएकी कमला र छोरी दुवैको स्वास्थ्य राम्रो रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाँच महिना अगाडी नै छोरीले जन्म दिएकी कमला र बच्चाको स्वास्थ्यको थप परिक्षणका लागि अस्पतालमा आएका बेलामा सञ्चारमध्यमले उनको र बच्चाको अवस्था राम्रो रहेको खबर सार्वजनिक गरेका हुन् । भारतिय सञ्चारमध्यम द हिन्दुका अनुसार कमलाले आफुलाई संसारको सबैभन्दा भाग्मानी र खुसी महिलाको रुपमा प्रतिक्रिया दिएकी थिइन् । टेस्ट ट्युब बेबीका रुपमा कमला र उनकी छोरीलाई जन्म दिन सहयोग गर्ने डाक्टर कमला सेल्वाराजले डाक्टरी पेशाका क्रममा आफुले यस्तो संयोगपुर्ण उपचार कहिले पनि नगरेको बताइन् । उनले पनि आफुलाई भाग्यमानी डाक्टरका रुपमा लिएकी छिन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_154.html
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_154.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement