बन्द क्यासिनो सञ्चालन गर्न मन्त्रालयलाई निर्देशन बन्द क्यासिनो सञ्चालन गर्न मन्त्रालयलाई निर्देशन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले क्यासिनो सञ्चालन नहुँदा पर्यटन व्यवसायमा नकारात्मक प्रभाव परेको भन्दै क्यासिनो सञ्चालनको वातावरण बनाउन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बुधबार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, पर्यटन विभागका निमित्त महानिर्देशक केशवप्रसाद विमली लगायतसँग छलफल गरि क्यासिनो नियमावली २०७० संशोधन गरेर भएपनि क्यासिनो सञ्चालनको वातावरण बनाउन निर्देशन दिएको हो ।
समितिले क्यासिनो सञ्चालन नहुँदा रोजगारी, राजस्व लगायतका धेरै कुरामा असर परेको भन्दै राज्यलाई फाइदा हुने र व्यवसायीलाई पनि सहज हुने गरि नियमावली संशोधन गरेर क्यासिनो सञ्चालनको वातावरण बनाउन निर्देशन दिएको हो ।
सरकारले क्यासिनो नियमावली २०७० कार्यान्वयनमा ल्याएपछि काठमाडौंका ८ वटा र पोखराका २ वटा क्यासिनो गत वैशाख ७ गते बन्द भएका थिए । क्यासिनो बन्द हुँदा तिनमा कार्यरत करिब ११ हजार जनाको रोजगारी गुमेको थियो ।
नियमावली बमोजिम नविकरण गर्नका लागि पटक पटक दिएको म्याद उल्लंघन गरेपछि सरकारले सबै क्यासिनोलाई गैरकानूनी घोषित गरि बन्द गरेको हो । व्यवसायीले क्यासिनो सञ्चालनको अनुमति नमागेपछि सरकारले क्यासिनो नियमावली २०७० तीन पटक संशोधन गरिसकेको छ ।

Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1CMFJjy
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement