Loading...
Loading...
भारतको आसाममा छपन्न गाउँलेको हत्या
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
गुवाहाटी (भारत)- उत्तरपूर्वी भारतीय राज्य आसामको एक दुर्गम इलाकामा मङ्गलबार राति सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि ५६ गाउँलेको हत्या गरेका छन्। आतङ्ककारी प्रकृतिका ती हतियारधारीले मङ्गलबार राति गाउँलेलाई घरबाट निकालेर सडकमाल्याई हत्या गरेका थिए।

आक्रमणबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ५६ पुगेको प्रहरीले बुधबार बिहान जानकारी दिएको छ। यस आक्रमणमा अन्य ८० जना घाइते भएका छन्। घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

आसामको सधैँ अशान्त भइरहने इलाकामा मंगलबार अबेर राति भएको सशस्त्र हतियारधारीहरुले आफ्नो घरमा सुतिरहेका गाउँलेलाई तानेर ल्याएर गोली हानी हत्या गरेका प्रत्यक्षदर्शीहरुले जनाएका छन्। यस आक्रमणमा महिला र बालबालिकाको सङ्ख्या पनि उच्च छ। निर्दोष बालबालिकाको समेत निर्ममतापूर्वक हत्या गरिएको छ।

यो अत्यन्त विभत्स आक्रमण भएको सो राज्यका मुख्यमन्त्री तरुन गोगोइले समाचार संस्था एएफपीलाई बताइन्। यस आक्रमणमा नेसनल डेमोक्र्याटिक फ्रन्ट अफ बोडोल्यान्ड (एनडीएफबी) को हात रहेको प्रहरीको दाबी छ। एनडीएफबीले दशकौँदेखि आसामलाई अलग र स्वायत्त राज्यको मागगर्दै आन्दोलन जारी राखेको छ। उनीहरुको सो सशस्त्र विद्रोहका कारण उक्त राज्यमा मात्र दश हजार नागरिकको ज्यान गएको छ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1xNvqwA

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.