Loading...
Loading...
दुर्इथान बन्दुकसहित सेनाका जवान पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
गाईघाट : उदयपुरको ओख्ले गाविस–८ स्थायी घर भई राजधानी काठमाडाैंस्थित नेपाली सेनाको राजदल गणमा कार्यरत २२ वर्षीय सैनिक जवान का मनोज हमाललाई शसस्त्र प्रहरी कटारीले अबैध बन्दुकसहित शुक्रबार पक्राउ गरेको छ ।



राजधानी काठमाडौँबाट उदयपुर आउँदै गरेका हमालले बसमा सिरकले बेरेको अवस्थामा भरुवा बन्दुक दुई थान र सो को काठको दबास खोलेर राखेको अवस्थामा बसमा लुकाएर ल्याउँदै गर्दा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।



बन्दुकसँगै गाडीका सानासाना बेरिङ दुर्इसय ग्रामसमेत बन्दुकको गोली बनाउन लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) टेकबहादुर गुरुङले बताए ।



हमाललाई पक्राउ गरेर हाल ईलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ । उनले बन्दुक र गोली लुकाएर ल्याएको कुरा स्वीकार गरेको पनि प्रहरीले बताएको छ ।



हमालले अबैध बन्दुक ल्याउनुको कारण खुलेको छैन । हमाललाई कारबाहीको लागि राजदल गण काठमाडाँैमै पठाउन लागिएको पनि जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । । रासस





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_126.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.