पत्ता लाग्यो जासुसी गर्ने खतरनाक भाइरस
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
कम्प्युटर सुरक्षाको क्षेत्रमा काम गरिरहेको एक अग्रणी कम्पनीले अहिलेसम्मकै सबैभन्दा खतरनाक सफ्टवेयर पत्ता लगाएको दाबी गरेको छ । उक्त सफ्टवेयर निकै अत्याधुनिक र परिष्कृत रहेको उसको दाबी छ ।अमेरिकाको सिमेन्टेक कम्पनीले पत्ता लगाएको उक्त कम्प्युटर भाइरसको नाम ‘रेगिन’ हो ।
यो कम्प्युटर बग केही वर्ष पहिले सायद विश्वका कुनै सरकारले नै बनाएको र ६ वर्षयता पूरै विश्वमा निश्चित क्षेत्रलाई निशाना बनाइरहेको दाबी कम्पनीको छ ।यो भाइरस कम्प्युटरमा एकपटक छिरिसकेपछि पासवर्ड चोर्न सक्ने, हटाइएका फाइल समेत निकाल्न सक्ने तथा कम्प्युटर स्क्रिनको तस्वीर लिन सक्ने बताइएको छ ।
यो बगबाट रुस, साउदी अरब तथा आयरल्याण्डका कम्प्युटर सबैभन्दा बढि प्रभावित हुँदै आएका छन् ।विशेषज्ञहरुका अनुसार सरकारी संस्था, व्यवसाय तथा व्यक्तिहरुको जासुसी गर्नका लागि यो भाइरसको प्रयोग गर्ने गरिएको छ ।शोधकर्ताहरुका अनुसार यो सफ्टवेयर यति धेरै परिस्कृत छ की यसलाई कुनै सरकारले नै साइबर जासुसीका लागि तयार पारेको अनुमान गर्न सकिन्छ ।
यसको विकाश गर्न महिनौँको समय लाग्ने उनीहरुको ठम्याइ छ र यसका निर्माताहरुले यसलाई लुकाउन पनि निकै ठूलो मेहेनत गरेका छन् ।सिमेन्टेकका एक सुरक्षा रणनीतिकार सियान जोन भन्छन्, ‘जुन स्तरको कौशल तथा विशेषज्ञताको प्रयोग भएको छ र यसलाई बनाउन जति समय लागेको छ त्यसलाई हेर्दा लाग्छ यो पश्चिमी संस्थाहरुको तर्फबाट आएको छ ।’
सिमेन्टेकले यो बगको तुलना अर्को कम्प्युटर बग स्टक्सनेट सँग गरेका छन् ।इरानको परमाणु कार्यक्रमलाई निशाना बनाउनका लागि अमेरिका र इजरायले स्टक्सनेट नामक भाइरस बनाएका थिए । उक्त बगलाई उपकरणमा क्षति पूराउने उद्धेश्यका लागि बनाइएकोमा रेगिनको उद्धेश्य भने सूचना संकलन गर्नु रहेको छ ।
from Nepali Khabar Site ➭ http://nepali-khabarsite.blogspot.com/2014/11/blog-post_615.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

