Loading...
Loading...
बलात्कारको घटना ५० हजारमा मिलाउन दबाब
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
कार्तिक १४ झापा : छिमेकीबाट बलात्कृत भएकी झापा जलथल– ८ की ११ वर्षीया एक बालिकाका अभिभावकलाई पीडक पक्षले दबाब दिएर पैसामा मुद्दा मिलाउन दबाब दिएका छन् । बालिका बलात्कारको अभियोगमा पक्राउ परेका रामकृष्ण गौतमको परिवारले पीडितपक्षलाई पैसा लिएर मुद्दा मिलाउन धम्की दिँदै आएको अधिकारकर्मीलाई बताएपछि सो खुलासा भएको हो । जलथल निवासी भुवन बाँस्कोटाका अनुसार असोज २३ गते गौतमले घरमा कोही नभएको अवस्थामा बालिकालाई अश्लील भिडियो देखाउँदै बलात्कार गरेका थिए । गौतमले बलात्कार गर्ने क्रममा बालिकाले चिच्याएपछि छिमेकी बालिकाले देखेर गाउँलेलाई खबर गरेलगत्तै गौतमलाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आरोपित गौतमकी श्रीमती र दाजु टङ्कमणिले पीडितकै घरमा गएर ५० हजार रुपैयाँमा मुद्दा नमिलाए मार्ने धम्की दिएको पीडित पक्षले अधिकारकर्मीलाई बताएका छन् । एकीकृत विकास प्रतिष्ठानको मानवअधिकार डेस्कका प्रमुख विष्णुप्रसाद खरेल र युथ एक्सन झापा संयोजक दीपक दाससहितको अधिकारकर्मीको टोलीले जलथल पुगेर घटनाको स्थलगत अनुगमन गरेको छ । अधिकारकर्मी खरेलका अनुसार आरोपित गौतमले बालिकालाई बलात्कार गरेपछि बालिका राम्रोसँग बोल्नसमेत नसक्ने अवस्थामा छिन् । पीडित बालिकाका आमाबुबा दुवै अपाङ्ग रहेकाले बालिकाको उपचार र सुरक्षाको व्यवस्था मिलाउन अधिकारकर्मीले माग गरेका छन् । रासस



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1ubtZaa

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.