वेश्यावृतिको आरोपमा पक्राउ परेकी श्वेता रिहा
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
वेश्यावृतिको आरोपमा गिरफतार भएकी भारतीय राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री श्वेता बसु प्रसाद बिहिबार रिहा भएकी छिन्। उनलाई गत सेप्टेम्बरमा हैदरावादको एक होटलबाट गिरफतार गरिएको थियो। त्यसपछि उनलाई त्यहाँको तल्लो अदालतले ६ महिनासम्म रेस्क्यू होममा राख्न आदेश दिएको थियो।
श्वेताकी आमाले उक्त आदेशको खारेजीको माग गर्दै हैदरावादको नामपल्ली सेशन कोर्टमा अपिल गरेकी थिइन। अदालतले सो आदेशको खारेजी गरेपछी उनी करिब दुई महिनाको रेस्क्यू होमको बसाईबाट मुक्त भएकी हुन। आदेशमा सेशन कोर्टले उनलाई उनकी आमासँग मुम्बईमा बस्ने अनुमति पनि दिएको छ।
श्वेताले एकता कपुरको प्रख्यात सिरियल ‘कहानी घर-घरकी’ तथा ‘मकडी’, ‘इकबार’ जस्ता सिनेमामा काम गरिसकेकी छिन। गिरफतार भएपछि श्वेताले यस्तो काममा लाग्ने आफूमात्र नभएको र यसमा थुप्रै अरू अभिनेत्री पनि संलग्न रहेको बयान दिएकी थिइन्।
त्यसैगरी उनले यो सब पैसाको आभावमा गर्नु परेको पनि बताएकी थिइन। उनले सन २००२ मा ‘मकडी’ सिनेमाका लागि बाल कलाकारको राष्ट्रिय अवार्ड हात पारेकी थिइन।
from Nepali Khabar Site ➭ http://ift.tt/1toJjyb
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

